Logo

२०८३, श्रावण ३०गते


images
images

रविलाई पर्सा अदालतको राहत

पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने

पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने

images
  • पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले सानोपाइला बचत तथा ऋण सहकारी ठगी मुद्दामा वारेसमार्फत मुद्दा लड्न अनुमति दिएको छ ।

    images
    images
    images

    लामिछाने बुधबार जिल्ला अदालत पुगेर तारेख बुझेका थिए । सो क्रममा उनले वारेसबाट मुद्दा लड्न पाउन अनुमति माग गरेका थिए । बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनले माग गरेअनुसार वारेसको अनुमति दिने आदेश जारी गरेको हो ।

    images
    images
    images

    अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार तारेख बुझेपछि वारेसबाट मुद्दा लड्न अनुमति दिइएको हो ।

    images
    images
    images

    यो आदेशसँगै अब लामिछाने तारेखका लागि पर्सा जिल्ला अदालतमा व्यक्तिगत रूपमा उपस्थित हुन नपर्ने भएको छ । सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा दायर छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।