Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट 'हेर्दा हेर्दै' मा

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट 'हेर्दा हेर्दै' मा

images
  • ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट 'हेर्दा हेर्दै' मा
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ ।

    images
    images
    images

    आज दुवै रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाई भएको थियो । 

    images
    images
    images

    आज सुनुवाई नसकिएपछि यो रिट हेर्दा हेर्दैमा राखिएको छ । आज निवेदक पक्षका वकिलको बहस सकिएको छ भने अब भोली सरकार पक्षका वकिलको बहस हुने भएको छ ।

    images
    images
    images

    यसअघि अलग अलग इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आजदेखि संयुक्त इजलासमा सुनुवाइ शुरु भएको हो । 

    भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए ।

    अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • # लेखक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।