Logo

२०८३, आश्विन ९गते


images
images

नयाँ रेकर्ड : पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि 

नयाँ रेकर्ड : पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि 

images
  • नयाँ रेकर्ड : पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि 
    images
    images

     

    images
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

    images
    images
    images

    यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। 

    काठमाडौं उपत्यकामा भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २७४४ जना गरी ३५९५ संक्रमित थपिएका छन्।

    योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन् ।

    गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।

    पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३ सय २५ पुगेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।