Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

मध्यपूर्वमा युद्धकै कारणले स्वदेश फर्कनुपर्ने अवस्था छैन- परराष्ट्रमन्त्री खनाल

मध्यपूर्वमा युद्धकै कारणले स्वदेश फर्कनुपर्ने अवस्था छैन- परराष्ट्रमन्त्री खनाल

images
  • मध्यपूर्वमा युद्धकै कारणले स्वदेश फर्कनुपर्ने अवस्था छैन- परराष्ट्रमन्त्री खनाल
    images
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर रहेको बताएका छन् ।

    images
    images
    images

    सोमबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले मध्यपूर्वको युद्धका क्रममा ८८ हजारभन्दा बढीको नाम संकलन भएको जानकारी दिँदै तुरुन्त नेपाल आउनुपर्ने परिस्थितिलाई हेरेर आवश्यक काम गरिरहेको बताएका हुन् ।

    images
    images
    images

    उनले अहिले युद्धका कारण नभइ नेपालीहरूको भिसा, कामको छुट्टी लगायतका नियमित किसिमका समस्याका कारणहरू देखिएको बताउदै उनले युद्धकै कारणले अथवा असुरक्षाको कारणले स्वदेश फर्कनुपर्ने दबाब नदेखिएको बताए । 

    images
    images
    images

    मध्यपूर्वको युद्धका कारण हाल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिकै कारण सार्वजनिक निकायमा छुट्टी दिने निर्णय भएको जानकारी दिँदै मन्त्री खनालले आगामी दिनमा देखिनसक्ने अन्य समस्याका बारेमा सरकारले अध्ययन गरिरहेको जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मध्यपूर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।