भैरहवा । स्थानीय निर्वाचनको सरगर्मी केन्द्रदेखि स्थानीय स्तरसम्म बढेको छ । काठमाडौमा बसेको गठबन्धन दलको समितीले स्थानीय निर्वाचनमा गठबन्धन कायम गरेर जाने निर्णय गरेपछि स्थानीय तहमा गठबन्धन दलहरू योजना निर्माणमा जुटेका छन् ।
सोही क्रममा रुपन्देहीको सिद्धार्थनगरमा गठबन्धन गरेर जान ५ दल सहमत भएका छन् । मंगलबार नेपाली कांग्रेस कोसिस बहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले सिद्धार्थ नगरपालिकामा पाँच दलीय गठबन्धन कायम गरेर स्थानीय निर्वाचनमा जाने निर्णय गरेको हो ।
उक्त बैठकले गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा हार्दिकताको विकास गर्दै स्थानीय निर्वाचनमा वडादेखि नगरसम्म गठबन्धन गर्ने निर्णय भएको माओवादी केन्द्रका नगर प्रबक्ता लोकेन्द्र धामीले जानकारी दिए ।
बैठकमा नेपाली कांग्रेसका सभापती कोशिस बहादुर खड्का, नेकपा माओवादी केन्द्र इन्चार्ज फैज महमद खाँन, नेकपा एकीकृत समाजवादीका अध्यक्ष रामबहादुर बस्नेत, जसपा अध्यक्ष अर्जुन जैसवाल र राष्ट्रिय जनमोर्चा पार्टी अध्यक्ष नेत्र आर्चाय सहितको पाँच दलका नेताहरु बैठकमा सहभागी रहेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology