चितवन । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठीक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रवार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं विपी कोइरालाको १०९औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका उनले गठबन्धन अहिलेको आवश्यक्ता भएकाले गठबन्धन ठीक छैन भन्नु षडयन्त्रकारी कुरा भएको उल्लेख गरे । उनले गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता जनाए । उनले गठबन्धन ठीक छैन भन्नु पार्टीलाई सिध्याउने षडयन्त्र भएको पनि उल्लेख गरे । उनले गठबन्धन बलियो भए मात्रै पार्टीहरू बलियो बन्ने बताए । उनले गठबन्धनबाट जतिसक्दो धेरै फाइदा लिनुपर्ने बताए ।
‘हिजो के अवस्था थियो चितवनमा ? एक्लै चुनाव लड्दा के अवस्था हुन्छ ? सबै मिलेर चुनाव लड्दा नै पार्टी बलियो हुन्छ, पार्टी बलियो हुनु नै महत्वपूर्ण छ । आज यहीका मान्छेहरू मन्त्री छन् । भोलि यहाँकै मान्छे मन्त्री, प्रधानमन्त्री हुनसक्छन् । अहिले गठबन्धन आवश्यक छ, गठबन्धनलाई बचाएर लैजान पनि त्यत्तिकै आवश्यक छ’, उनले भने, ‘गठबन्धन कुनै पनि हालतमा टुट्न दिन्न । गठबन्धन ठीक छैन भन्नेकुरा षड्यन्त्रकारी कुरा हो । पार्टीलाई सिध्याउने षड्यन्त्र हो यो । गठबन्धन रहे पो पार्टी बलियो हुन्छ, त्यसैले गठबन्धनको खिलाफ बोल्ने कुरा छैन । गठबन्धनबाट जतिसक्दो बढीभन्दा बढी फाइदा लिनुपर्छ ।’
शुक्रबार जनताको साथमा कांग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रमका लागि प्रधानमन्त्री देउवा र गृहमन्त्री बालकृष्ण खाण चितवन पुगेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology