Logo

२०८३, कार्तिक ६गते


images
images

वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति

वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति

images
  • वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि २३६ जनालाई अनुमति
    images
    images

    काठमाडौँ  । पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म २३६ जनालाई अनुमति दिएको छ । 

    images
    images
    images

    विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि अप्रिल ५ सम्म ३१ समूहका २३६ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि अप्रिल ५ सम्म ६५ महिला र १७१ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३ समूहका ७३ जनाले अनुमति पाएका छन् । त्यस्तै आमादब्लम हिमालमा ३ समूहका ३४ आरोहीले अनुमति लिएका छन् ।

    images
    images
    images

    त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी जर्मनी नागरिक ३७ जना छन् भने अमेरिकाका २५ जना रहेका छन् । त्यस्तै क्यानडाका १७ जना र पोल्याण्डका १५ जना रहेको विभागले जनाएको छ  ।

    images
    images
    images

    यी अनुमतिबाट २० करोड २२ लाख रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिमाल आराेहण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।