प्रीन्स मिश्र, कपिलवस्तु । कोरोनाको दोस्रो लहरले सबै ठाउँ आक्रान्त बनाएको बेला जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले कपिलवस्तुमा वैशाख २१ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा गर्ने भएको छ ।
डीसीसीएमसीको बैठकले २१ गते बिहान ४ बजेदेखि वैशाख ३१ राती १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेसंगै कपिलवस्तुमा निषेधाज्ञा हुने भएको ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेका अनुसार उद्योगी व्यवसायी, स्थानीय तह, राजनीतिक दलहरुसँग चरणबद्ध छलफल गरेर निषेध आदेश जारी गर्न लागिएको हो ।
निषेधाज्ञा अवधिभर औषधि उपचार र अन्य अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन पाइने छैन । आवश्यक बाहेकका पसल व्यवसाय बन्द हुनेछन । सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, क्वारेन्टाइन फोहर मैला व्यवस्थापन इन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, औषधि तथा अत्यावश्यक वस्तु तथा मालसामान ओसारपसार गर्ने ढुवानीका साधनहरु मात्र चल्न पाउने छन ।
यदि प्रमुख जिल्ला अधिकारीद्वारा आदेशविरुद्ध कामकामकारबाही भए कार्वाही गरिने समेत जारी आदेशमा जनाइएको छ ।
डीसीसीएमसीको निर्णय


Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology