Logo

२०८३, श्रावण ३०गते


images
images

अमेरिका र इरानवीच इस्लामावादमा आज वार्ता

अमेरिका र इरानवीच इस्लामावादमा आज वार्ता

images
  • अमेरिका र इरानवीच इस्लामावादमा आज वार्ता
    images
    images

    काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादमा आज अमेरिका र इरानबीच युद्धविरामका विषयमा महत्वपूर्ण वार्ता हुने भएको छ । उक्त वार्तामा अमेरिकाको तर्फबाट उपराष्ट्रपति जेडी भेन्सले टोलीको नेतृत्व गर्ने जनाइएको छ ।

    images
    images
    images

    यस वार्तालाई आगामी शान्ति प्रक्रियाका लागि निर्णायक मानिएको छ । बैठकअघि सुरक्षा तथा व्यवस्थापनलाई ध्यानमा राख्दै पाकिस्तान सरकारले इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ ।

    images
    images
    images

    वार्तामा अमेरिकाको तर्फबाट उपराष्टपति भेन्ससहित राष्ट्रपतिका विशेष प्रतिनिधि स्टिभ विटकफ, वरिष्ठ सल्लहकार जारेड कुशनर र सैन्य अधिकारी ब्रेड कुपर सहभागी हुने छन । त्यस्तै इरानको तर्फबाट संसद अध्यक्ष मोहमद बाघेर गालिबाफ, विदेशमन्त्री अब्बास आराघची र उपविदेशमन्त्री मजिद तख्त सहभागी हुने बताइएको छ ।

    images
    images
    images

    त्यस्तै वार्तामा पाकिस्तानका तर्फबाट प्रधानमन्त्री शहबाज शरिफ, सेना प्रमुख आसिम मुनिर, विदेशमन्त्री इसाक डार र राष्ट्रिय सुरक्षा सल्लाहकार आसिम मलिक पनि वार्तामा सहभागी हुने बताइएको छ ।      

    यसअघि अमेरिकी सेनाको मध्यपूर्व कमाण्डले हालैको द्वन्द्वमा इरानलाई ठूलो क्षति पुगेको दाबी गरेको थियो । उक्त क्षतिको प्रभाव दीर्घकालसम्म रहने पनि बताइएको छ ।

    अमेरिकाले आफू र उसका सहयोगीले इरानका विभिन्न स्थानमा १३ हजारभन्दा बढी आक्रमण गरेको जनाएको छ । हाल युद्धविरामका कारण आक्रमण रोकिए पनि अमेरिकी सेना अझै क्षेत्रमै तैनाथ रहेको र आवश्यक परे पुनः कारबाही गर्न सकिने चेतावनी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान अमेरीका युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।