Logo

२०८३, श्रावण ३०गते


images
images

शर्त पुरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने इरानको अडान

शर्त पुरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने इरानको अडान

images
  • शर्त पुरा नभएसम्म अमेरिकासँग वार्ता नगर्ने इरानको अडान
    images
    images

    काठमाडौँ । इरानले लेबनानमा युद्धविराम लागू नभएसम्म अमेरिकासँग वार्ता नगर्ने अडान लिएको छ ।

    images
    images
    images

    इरानका संसद अध्यक्ष मोहम्मद बाकर गालिबाफले लेबनानमा युद्धविराम वार्ताको मुख्य सर्त भएको स्पष्ट पारेका छन् । उनले युद्धविराम नभएसम्म कुनै पनि वार्ता अघि नबढाइने बताएका छन् ।

    images
    images
    images

    गालिबाफले इरानका रोक्का गरिएका रकमसमेत फुकुवा गर्नुपर्ने माग अघि सारेका छन् ।

    images
    images
    images

    यो भनाइ अमेरिका र इरानबीच सम्भावित वार्ताको तयारी भइरहेका बेला आएको हो । दुवै पक्षबीच विभिन्न विषयमा अझै मतभेद कायम रहेको बताइएको छ ।

    इरानले लेबनानमा इजरायली आक्रमणको निरन्तर विरोध गर्दै आएको छ र सोही विषयलाई वार्तासँग जोड्दै कडा अडान कायम राखेको छ ।

    यसअघि अमेरिका र इरानबीच बार्ताको पुरा तयारी पाकिस्तानको इस्लामावादमा भएको बताइएको थियो । अमेरिका र इजरायलले भने इरानसँगको युद्धविराममा लेबनानको युद्धविराम समावेश नभएको दाबि गर्दै आएका छन् ।

    यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता नभएमा वा सहमतिमा नपुगेमा अझ कडा आक्रमण गर्ने चेतावनी दिएका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान अमेरीका युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।