गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जि.सी ले आगामी स्थानीय निकायको चुनावमा रुरुक्षेत्रमा गठबन्धनले सजिलै जित हाँसिल गर्ने बताएका छन् ।नेपाल दलित मुक्ति मोर्चा रुरुक्षेत्र गाउँपालिका गुल्मीको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता जि सीले यस्तो बताएका हुन् ।
उनले दलित, उत्पीडित, महिला लगायतका पिछडिएको बर्गको हकहितका एजेन्डा माओवादी केन्द्रको भएको र अब जसको नीति उसैको नेतृत्व पनि अपरिहार्य रहेको बताएका छन् । कांग्रेस सङ्गको गठबन्धनबारे कुरा जोड्दै उनले माओवादी केन्द्र र कांग्रेसको बिचार फरक भएपनि कतिपय एजेन्डाहरुमा एकरुपता भएकोले गठबन्धनको सार्थकता रहने बताए ।
शान्ति प्रक्रिया, संविधान निर्माण, प्रतिगमन विरुद्धको संघर्ष लगायतका विभिन्न घटनाक्रममा माओवादी केन्द्र र कांग्रेस मिलेर नै सफलता प्राप्त गरिरहेकोले अहिलेको चुनावमा पनि गठबन्धनले रुरुक्षेत्रमा एमालेलाई भुइँमा लत्र्याउने उनको दाबी रहेको छ। अहिलेको गठबन्धन एमाले विरुद्ध नभएर के.पि ओलिको प्रतिगमन प्रवृत्ति बिरुद्द रहेको पनि उनको भनाइ छ।
पाँचदलिय गठबन्धनबाट आउने नेतृत्व अनुभवी,परिपक्क एवं लोकप्रिय भएकोले यस् गाउँपालिकामा सजिलै जित हासिल हुने कुरामा दुई मत नभएको उनको दाबी छ।०७४ को चुनावमा हार बेहोरेर सत्ता बाहिर रहँदा पनि बितेका ५ बर्षमा नेकपा माओवादी केन्द्रले यस् क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँदै यसको मुल्यांकन यहाका जनताले गरिरहेको उनको भनाइ छ।
जिल्लामा पाँचदलिय गठबन्धन हुने भएपछि विभिन्न पदका लागि भागबन्डा गर्ने क्रम चलिरहेको छ भने कतिपय स्थानीय तहमा विभिन्न पदहरुमा भागबन्डा मिलिसकेको छ। रुरुक्षेत्रमा गठबन्धनबाट गाउँपालिका अध्यक्षको भाग नेकपा माओवादी केन्द्रलाई परेको छ। माओवादीबाट यस् क्षेत्रका युवा नेता एवं माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली चर्चामा छन्, यद्यपि उमेदवार को भन्ने अझै सार्वजनिक गरिएको छैन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology