Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय तह निर्वाचन

एकीकृत समाजवादीले वैशाख ८ भित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने, यी हुन् ८ मापदण्ड

एकीकृत समाजवादीले वैशाख ८ भित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने, यी हुन् ८ मापदण्ड

images
  • एकीकृत समाजवादीले वैशाख ८ भित्र उम्मेदवारको अन्तिम टुंगो लगाउने, यी हुन् ८ मापदण्ड
    फाइल फोटो
    images
    images

    नेकपा एकीकृत समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उम्मेदवारी दिनेहरूको नामावली टुंगो लगाउने भएको छ । चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले उम्मेदवारको सम्बन्धमा टुंगो लगाउन समय तालिका निर्धारण गरेको हो ।

    जसअनुसार वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्नेछ । यस्तै प्रदेश कमिटीले वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने  तथा  केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने महासचिव बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    बैठकले उम्मेदवारको सम्बन्धमा ८ मापदण्ड निर्धारण समेत गरेको छ । जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको हुनुपर्नेछ । यस्तै समावेशीतालाई ध्यान दिने पनि भुसालको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।