Logo

२०८३, आश्विन ९गते


images
images

कोभिड - १९ अपडेट

मुसिकोटमा स्वास्थ्यकर्मी र शिक्षक सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टी

मुसिकोटमा स्वास्थ्यकर्मी र शिक्षक सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टी

images
  • सेतोमसी सहकर्मी
  • मुसिकोटमा स्वास्थ्यकर्मी र शिक्षक सहित थप १२ जनामा कोरोना संक्रमण पुष्टी
    images
    images

    गोविन्द कंडेल, मुसिकोट गुल्मी । १९ वैशाख २०७८ ।  मुसिकोट नगरपालिका गुल्मीमा थप  १२ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

    images
    images
    images

    संकास्पद लक्षण देखिएका १७ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र वडागाँउ स्वास्थ्यचॏकी गरी दुइ ठाउँमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं. २,३,४,६ र ७ का गरी १२ जनामा  कोरोना सक्रंमण पुष्टी भएको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो । 

    images
    images
    images

    संक्रमितहरू मध्ये १ जना वडागाँउ स्वास्थ्यचॏकीमा कार्यरत स्वास्थ्यकर्मी, १ जना महिला स्वास्थ्य स्वयंसेविका, २ जना वडा नं. ६ का विद्यालयमा कार्यरत शिक्षक, १ जना वडा नं. ७ मा कार्यरत शिक्षिका रहेको वताइएको छ । त्यसै गरी १ जना केही दिन अगाडी भारतवाट आएका नागरिक हुन भने वाँकी सवै समुदाय स्तरका व्यक्तीहरू रहेको जि.सी.ले वताउनु भयो ।

    images
    images
    images

    उनिहरूमा ज्वरो, रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।
    रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको जि.सी.ले बताउनुभयो ।

    यसै विच मुसिकोट नगरपालिकामा कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी,स्वयंसेविका, व्यवसायी सहित समुदायमा व्यापक कोरोना संक्रमण देखिए पछी नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र मातहतका सम्पुर्ण वडा कार्यालयहरूमा वैशाख २५ गते सम्म अत्यावश्यक वाहेकका सम्पुर्ण सेवाहरू वन्द गरिएको नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले वताउनु भयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।