Logo

२०८३, आश्विन १०गते


images
images

ट्रम्पले एक घण्टामा गरेका सातवटै दाबी झुटा : इरानी सभामुख

ट्रम्पले एक घण्टामा गरेका सातवटै दाबी झुटा : इरानी सभामुख

images
  • ट्रम्पले एक घण्टामा गरेका सातवटै दाबी झुटा : इरानी सभामुख
    images
    images

    काठमाडौँ । इरानी संसदका सभामुख मोहम्मद बगर गालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिप्रति कडा प्रतिक्रिया दिएका छन् । उनले ट्रम्पले एक घण्टामा गरेका सातवटै दाबी झुटा रहेको आरोप लगाएका छन् ।

    images
    images
    images

    प्रतिक्रिया दिँदै गालिबाफले इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रहे होर्मुज जलडमरू खुला नरहने चेतावनी दिएका छन् । यो प्रतिक्रिया ट्रम्पले शान्ति सहमति नभएसम्म इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी जारी रहने बताएपछि आएको हो ।

    images
    images
    images

    गालिबाफले होर्मुज जलडमरू खुला वा बन्द रहने विषय सामाजिक सञ्जालले होइन, स्थलको वास्तविक अवस्थाले निर्धारण गर्ने बताएका छन् । उनले उक्त जलडमरूबाट आवतजावत तोकिएको मार्ग र इरानको अनुमतिमा मात्र हुने स्पष्ट पारेका छन् । उनले झुटका आधारमा युद्ध जित्न नसकिने र वार्ताबाट पनि परिणाम नआउने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    गालिबाफले अमेरिकासँगको वार्ताका लागि इस्लामाबाद पुगेको इरानी प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डाेनाल्ड ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।