Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन

images
  • वर्षौँ पुरानो सुकुम्बासी समस्याको स्थायी समाधान गर्छौं, ढुक्क हुनुहोस्- प्रधानमन्त्री बालेन
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँका नदी किनारमा वर्षौँदेखि जोखिमपूर्ण अवस्थामा बसिरहेका परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    images
    images
    images

    उनले हरेक वर्ष बाढीका कारण हजारौँ मानिसले ज्यान जोगाउन घर-सामान छोडेर भाग्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गर्दै अब यो समस्या आगामी वर्षका लागि थाती नराखिने बताएका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री शाहले नागरिकलाई डुबान र जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य बनाउनु अधिकारको संरक्षण नभई जीवनसँग खेलबाड भएको बताएका छन् । उनका अनुसार सुरक्षित स्थानमा बसोबासको व्यवस्था गर्नु नै राज्यको दायित्व र नागरिकको अधिकार हो ।

    images
    images
    images

    उनले नदी तथा खोला किनारमा रहेका अव्यवस्थित बस्तीका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुगेको, उपत्यका फोहोर बन्दै गएको र नदीहरू दुर्गन्धित भइरहेको पनि बताएका छन् । यस्ता बस्तीको व्यवस्थापनले काठमाडौँको ढल निकास प्रणाली सुधार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

    थापाथली, गैरीगाउँ, मनोहरा लगायत नदीकिनारका जोखिमपूर्ण बस्तीलाई बल प्रयोग नगरी, मानवीयता कायम राख्दै सुरक्षित रूपमा स्थानान्तरण गरिने प्रधानमन्त्री शाहले स्पष्ट पारे ।

    उनले आफूले उम्मेदवार हुँदा गरेको प्रतिबद्धता, पार्टीको वाचापत्र र सरकारका १०० प्राथमिक कामअन्तर्गत सुकुम्बासी व्यवस्थापन तथा सरकारी जग्गा अतिक्रमण रोक्ने योजना बिर्सिएको नभई त्यसको कार्यान्वयनका लागि तयारी भइरहेको बताए ।

    प्रधानमन्त्री शाहले काठमाडौँका खोला किनारका बासिन्दा र देशभरका वास्तविक सुकुम्बासीको समस्या फरक रहेको उल्लेख गर्दै अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर आवश्यक प्रक्रिया पूरा गरी जग्गा वितरण गरिने बताए । उनले वर्षौँ पुरानो सुकुम्बासी समस्या यही सरकारले स्थायी रूपमा समाधान गर्ने दाबी गरेका छन् ।

    उनले भनेका छन्- ' काठमाडौँका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौँ सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौँ; अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ। वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। ढुक्क हुनुहोस् ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुकुम्बासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।