Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

संसद अधिवेशन स्थगन बारे काँग्रेसले के भन्यो ?

संसद अधिवेशन स्थगन बारे काँग्रेसले के भन्यो ?

images
  • संसद अधिवेशन स्थगन बारे काँग्रेसले के भन्यो ?
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले संसद अधिवेशनको बैठक नै नबस्दै पुनः स्थगित गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट आह्वान गरिएको अधिवेशन बैठक सञ्चालन हुनुअघि नै स्थगन गर्नु संसदीय परम्परा, अभ्यास र संवैधानिक नैतिकताको विपरीत भएको निष्कर्ष निकालेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।

    images
    images
    images

    कांग्रेसले संसदीय शासन प्रणालीको मूल आधार कार्यपालिका संसद्प्रति उत्तरदायी हुने सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै संसदलाई स्वतन्त्र विमर्श र निर्णय गर्ने सर्वोच्च जनप्रतिनिधिमूलक संस्था मानिनुपर्ने बताएको छ। बैठक नै नबस्दै स्थगन गर्नुले संसदलाई कार्यपालिकाको सुविधा अनुसार चल्ने ‘औजार’ का रूपमा प्रस्तुत गर्ने गम्भीर जोखिम पैदा गरेको उसको भनाइ छ ।

    images
    images
    images

    पार्टीले “विशेष कारण” जस्तो अस्पष्ट आधारमा संसद स्थगन गर्नु र नागरिकलाई स्पष्ट जानकारी नदिनु सरकारको पारदर्शिता र नियतमाथि प्रश्न उठाउने विषय भएको जनाएको छ। यस्तो प्रवृत्तिले नागरिकको सुसूचित हुने अधिकारमाथि आघात पुग्ने र जनआवाजलाई सीमित गर्ने प्रयास हुने कांग्रेसको ठहर छ।

    आर्थिक चुनौती, सुशासनका समस्या तथा जनजीविकासँग जोडिएका विषयमा संसदमा हुने छलफलबाट सरकार पन्छिन खोजेको आरोप लगाउँदै कांग्रेसले यसले लोकतन्त्रको नियन्त्रण र सन्तुलनको आधार कमजोर बनाउने चेतावनी दिएको छ।

    नेपाली कांग्रेसले अविलम्ब संसद बैठक सञ्चालन गर्न, स्थगनका वास्तविक कारण सार्वजनिक गर्न र संसदप्रति सरकारको पूर्ण जवाफदेहिता सुनिश्चित गर्न माग गरेको छ। अन्यथा संसदलाई प्रभावहीन बनाउने प्रयासविरुद्ध सदन र सडक दुवैबाट सशक्त आवाज उठाइने चेतावनी पनि दिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।