Logo

२०८३, आश्विन १०गते


images
images

ईस्मामा गठबन्धनबाट उपाध्यक्षकाे उम्मेदवारमा २६ बर्षिया पार्वती कुँवर सर्वसम्मत सिफारिस  

ईस्मामा गठबन्धनबाट उपाध्यक्षकाे उम्मेदवारमा २६ बर्षिया पार्वती कुँवर सर्वसम्मत सिफारिस  

images
  • ईस्मामा गठबन्धनबाट उपाध्यक्षकाे उम्मेदवारमा २६ बर्षिया पार्वती कुँवर सर्वसम्मत सिफारिस  
    images
    images

    सुमन महतारा, गुल्मी ।  वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि गुल्मी जिल्लाकाे इस्मा गाउँपालिकामा गठबन्धनबाट नेपाली काङ्ग्रेस इस्माका उपसभापति २६ बर्षिया पार्बती कुँवरलाई गाउँपालिका उपाध्यक्ष पदको उम्मेदवार बनाउँन सिफारिस गरिएको छ ।

    images
    images
    images

    सोमबार ईस्मामा बसेकाे गठबन्धनकाे बैठकले सर्वसम्मत रुपमा कुँवरलाई उपाध्यक्षकाे उम्मेदवार बनाउँन सिफारिस गरेको नेपाली काङ्ग्रेस गुल्मीका सचिव भगत सिंह खण्डकाले बताए । 

    images
    images
    images

    २०६७ सालमा नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसबाट आफ्नो राजनीति यात्रा सुरु गरेकी कुँवर महिला संघको क्षेत्रीय काेषाध्यक्ष हुदै हाल नेपाल बिद्यार्थी संघ गुल्मी सचिव, इस्मा गाउँपालिका उपसभापति र  कांग्रेस महासमिति सदस्य समेत हुन् । कुँवर पेशाले अधिवक्ता हुन् ।

    images
    images
    images

    गाउँठाउँमा बसेर युवा बृद्धा सबै व्यक्तिका समस्या बुझ्ने र परिवर्तनका निमित्त सधैं लडिरहने भएकाले आफूले गाउँपालिका उपाध्यक्ष पदमा जित हासिल गर्ने कुँवरले बताइन् । हरेक यूवा यूवती र हरेक तहका व्यक्तिका निम्ति बाेलिरहने परिवर्तनका निमित्त लडिरहने भएकाले सबैले चुनावमा उठ्न आग्रह गरेका कारण आफुले उम्मेदवारी दिएकाे उनको भनाइ छ ।

    ईस्मा गाउँपालिकामा गठबन्धनले अध्यक्षमा भगत सिंह खण्डकालाई  र उपाध्यक्षमा पार्बती कुँवरलाई  टुङ्गो लगाए पनि  नेकपा एमालेले अझै टुङ्गो लगाउँन सकेको छैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।