सुमन महतारा, गुल्मी । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिका ५ बम्घामा गठबन्धनबाट नेकपा माओवादि केन्द्र रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष हरिप्रसाद ज्ञवालिलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउँन सिफारिस गरिएको छ ।
चैत ३० गते रुरुक्षेत्र ५ काउलेमा बसेको गठबन्धनको बैठकले सर्वसम्मत रुपमा ज्ञवालिलाई वडा अध्यक्षको उम्मेदवार बनाउँन सिफारिस गरेको नेपालि काङग्रेस रुरुक्षेत्र ५ बम्घाका पार्टि सभापति सिद्दिनाथ श्रेष्ठले बताए ।
गठबन्धनको बैठकले वडा अध्यक्ष सहित अन्य पदाधिकारिका पनि टुङगो लगाएको छ । जसअनुसार वडा सदस्यमा सिद्दिनाथ श्रेष्ठ,राजकुमार श्रेष्ठ,महिला सदस्यमा मिना ज्ञवालि,दलित महिला सदस्य आशा परियारको गठबन्धन बनेको हो ।
जनयुद्ध पहिला देखि नै राजनितिमा लागेका ज्ञवाली २०७४ सालकाे निर्वाचनमा गठबन्धनकै उम्मेदवार भै वडा अध्यक्षमा जित हासिल गरेका थिए ।
५ बर्षसम्म जनताका समस्या समाधानका निमित्त यहाँको बाटो, सिचाई, खानेपानी, शिक्षा, स्वास्थ्य रोजगारी लगायत धेरै कामहरु गरेका कारण धेरैले पुन वडा अध्यक्षमा दोहोरिन आग्रह गरे अनुसार उम्मेदवारि दिएको ज्ञवालीले बताए ।
ज्ञवालीले आफूसंग कम बजेट भए पनि धेरै काम गरेकाे र फेरि जनताले अवसर दिएको खण्डमा काम रहेका बाँकि काम गर्ने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology