Logo

२०८३, श्रावण ३०गते


images
images

विश्वकप क्रिकेट डिभिजन लिग- २

विश्वकप क्रिकेट डिभिजन लिग- २ : नेपाल ओमानसँग १०२ रनले पराजित

विश्वकप क्रिकेट डिभिजन लिग- २ : नेपाल ओमानसँग १०२ रनले पराजित

images
  • विश्वकप क्रिकेट डिभिजन लिग- २ : नेपाल ओमानसँग १०२ रनले पराजित
    images
    images

    काठमाडौँ । नेपाल ओमानसँग फर्किलो अन्तरले पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको खेलमा ओमान १०२ रनले विजयी भएको हो । 

    images
    images
    images

    ओमानले दिएको ३०६ रनको लक्ष्य पछाएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउदा खेल बर्षाले अवरुद्ध भएपछि खेलको निर्णय डिएलएस मेथडबाट लिइएको थियो ।

    images
    images
    images

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ६० रन बनाएका थिए भने भिम सार्कीले २८ र आसिफ सेखले १९ रन बनाएका थिए । 

    images
    images
    images

    त्यस्तै ओमानका बलर नदीम खानले ३ विकेट लिएका थिए भने शकील अहमदले २ विकेट लिएका थिए । 

    यसअघि टस जितेर पहिला ब्याटिंग गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउदै ३०५ रन बनाएको थियो । ओमानका लागि कप्तान जतिन्दर सिंहले सर्बाधिक १३० रन बनाए भने जितेन रमानन्दीले ४३, आर्यन विष्टले ३५ र हमाद मिर्जाले ३० रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिएका थिए ।   

     यो जितपछि ओमानको २६ खेलमा ३१ अंक भएको छ र हाल तेस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने लिग- २ मा खेलेका २२ खेलमा १४औं हार हो । नेपालको २२ खेलमा १४ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।