Logo

२०८३, आश्विन १०गते


images
images

काँग्रेस गुल्मी सभापति पन्थी रेसुङ्गा नगरपालिकामा प्रमुखको उमेदवार

काँग्रेस गुल्मी सभापति पन्थी रेसुङ्गा नगरपालिकामा प्रमुखको उमेदवार

images
  • काँग्रेस गुल्मी सभापति पन्थी रेसुङ्गा नगरपालिकामा प्रमुखको उमेदवार
    images
    images

    गुल्मी । रेसुङ्गा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका खिलध्वज पन्थी उमेदवार बनेका छन् । काँग्रेस गुल्मीका सभापति समेत रहेका पन्थी नगरपालिकाको प्रमुख पदमा गठबन्धनबाट उमेदवार बनेका हुन् ।

     बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा सभापति पन्थीलाई नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उमेदवार बनाएर पठाएको हो । पन्थी रेसुङ्गा नगरपालिका–५, भुवनपानीका बासीन्दा हुन् । ४६ वर्षीय पन्थी २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् । साढे ८ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा सभापतिमा बिजय भएका थिए ।

    नेपाली काँग्रेसले प्रत्यक्ष जनताको जनजीविकोसँग जोडिएर काम गर्ने भएकोले आफु नगरपालिकामा बहुमतका साथ बिजयी हुने नगरपालिकाको प्रमुखका उमेदवार तथा नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले दाबी गरे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।