Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

महाधिवेशन गर्न नसकेका काँग्रेसका भ्रातृ संघका केन्द्रीय समिति विघटन.

महाधिवेशन गर्न नसकेका काँग्रेसका भ्रातृ संघका केन्द्रीय समिति विघटन.

images
  • महाधिवेशन गर्न नसकेका काँग्रेसका भ्रातृ संघका केन्द्रीय समिति विघटन.
    images
    images

    काठमाडौँ । नेपाली काँग्रेसले तोकिएको समयमा महाधिवेशन नभएका भ्रातृ संघहरुका केन्द्रीय समिति विघटन गरेको छ ।

    images
    images
    images

    सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीले निश्चित कार्यादेशसहित निर्देशक समिति बनाउँदा समेत अधिकांश भ्रातृ संघले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको र अधिवेशन गर्न सक्ने आधार समेत नदेखिएकोले म्याद थपिरहनु आवश्यक नरहेको निष्कर्ष निकाल्दै त्यस्तै भ्रातृ संघका केन्द्रीय समितिहरू स्वत: विघटन भएको निर्णय गरेको हो ।

    images
    images
    images

    साथै बैठकले नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सवै भ्रातृ संघहरूको महाधिवेशन गर्न आवश्यक व्यबस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    साथै बैठकले नेपाल थारु संघको हकमा २०८३ जेठ १६ र १७ गते महाधिवेशन गर्न तय भैसकेकोले सो अवधिसम्म समयावधि थप गर्ने निरन्य गरिएको छ ।

    काँग्रेसले निर्णयमा भनेको छ- ' पार्टीले निश्चित कार्यादेश सहित निर्देशक समिति बनाउँदा समेत अधिकांश भ्रातृ संघले कार्यतालिकामा तोकिएको समयमा महाधिवेशन नगरेको र अधिवेशन गर्न सक्ने आधार समेत नदेखिएकोले म्याद थपिरहनु आवश्यक नरहेको तथा यसैबीच नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ र नेपाल दलित संघका केन्द्रीय अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा समेत दिइसकेको हुँदा तत् तत् भ्रातृ संघका केन्द्रीय समितिहरू स्वत: विघटन भएका छन। साथै म्याद सकिएका समितिले त्यस अवधिमा गरेका निर्णय र मनोनयनहरू पनि स्वत: अबैद्य भएका छन। अत: नेपाली कांग्रेसको विधानको धारा ४२(१) बमोजिम अधिवेशन नभएका सवै भ्रातृ संघहरूको महाधिवेशन गर्न आवश्यक व्यबस्था गर्न केन्द्रीय कार्यसमितिका सभापतिलाई जिम्मेवारी प्रदान गर्ने।' 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।