Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

गोकुल बास्कोटाको प्रस्ताव : प्रदेश खारेज गरौँ, प्रतिनिधि सभाबाट समानुपातिक हटाऔं

गोकुल बास्कोटाको प्रस्ताव : प्रदेश खारेज गरौँ, प्रतिनिधि सभाबाट समानुपातिक हटाऔं

images
  • गोकुल बास्कोटाको प्रस्ताव : प्रदेश खारेज गरौँ, प्रतिनिधि सभाबाट समानुपातिक हटाऔं
    images
    images

    काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

    images
    images
    images

    उनले पहिले राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता खारेजको विषय उठाउने गरेको उल्लेख गर्दै अब संविधान संशोधन गर्ने कि नगर्ने भन्ने विषयमा स्पष्ट निर्णय आवश्यक रहेको बताएका हुन् । उनले संविधान संशोधन गर्ने हो भने केन्द्र र पालिका मात्रै रहने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।

    images
    images
    images

    बास्कोटाले राष्ट्रिय सभालाई १०५ सिटको बनाउनुपर्ने तथा पूर्ण समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै महिला र पुरुषको सहभागिता ५०-५० प्रतिशत हुनुपर्ने प्रस्तव गरेका छन् । त्यस्तै उनले उपराष्ट्रपति नै राष्ट्रिय सभाको सभाध्यक्ष हुने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    त्यस्तै, प्रतिनिधिसभातर्फ समानुपातिक सिट खारेज गर्नुपर्ने र प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला-पुरुषको प्रतिनिधित्व ४०-६० प्रतिशत कायम गर्नुपर्ने प्रस्ताव राख्दै उनले जिल्ला समन्वय समिति आवश्यक नरहेको भन्दै त्यसलाई हटाउनुपर्ने उनले प्रस्ताव गरेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।