गुल्मी । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि गुल्मीको छत्रकोट गाउँपालिका ५ मा नेकपा एमाले बाट कमल पाण्डे (सरोज)लाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउँन सिफारिस गरिएको छ ।
नेकपा एमाले छत्रकोट ५ को वडा कमिटिले सर्वसम्मत रुपमा पाण्डेलाई वडा अध्यक्षको उम्मेदवार बनाउँन सिफारिस गरेको नेकपा एमाले छत्रकोट ५ का वडा कमिटि अध्यक्ष कृष्ण पन्तले बताए ।
वडा कमिटिको बैठकले वडा अध्यक्ष सहित अन्य पदाधिकारिको पनि टुङगो लगाएको छ । जसअनुसार वडा सदस्यमा कृष्ण कुँवर , रवि कुमाल,महिला सदस्यमा पुजा बुचा,दलित महिला सदस्य विमला विक रहेका छन ।
राजनैतिक रुपमा कुनै एउटा पार्टिबाट उम्मेदवार बन्नपर्ने भएपनि आफु सबैको साझा उम्मेदवार भएको पाण्डेको भनाइ छ । पाण्डे युवा पिडिको रोेजाई बनेका छन । विकास दिगो हुनुपर्छ भन्ने सोचाइ भएका पाण्डेले वडामा भौतिक संरचना स्थायि बनाउँनुपर्ने बताए उनले जथाभावि मोटरबाटो खन्ने होइन भन्छन भाैतिक संरचना आवस्यकताका आधारमा र प्रयोगका आधारमा बनाउने हो । बनेका मोटरबाटो स्तरबृदि गरि वडालाई सुगम बनाउँने पाण्डेको भनाइ छ । सडकलाई सुगम नबनाएसम्म वडाको कृषि उपजले बजार नपाउँने पाण्डेको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology