गुल्मी । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि गुल्मीको मालिका गाउँपालिका ५ मा नेपाली काङ्ग्रेस क्षेत्र नं २ प्रदेश (ख) का सभापति रेखा कुमार जिसिलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउँन सिफारिस गरिएको छ ।
मालिका गाउँपालिका ५ छापहिले (बिसाैना) मा बसेकाे गठबन्धनको बैठकले जिसिलाई सर्वसम्मत रुपम वडा अध्यक्षको उम्मेदवार बनाउँन सिफारिस गरेको नेपाली काङ्ग्रेस वडा सभापति जित बहादुर घर्तीमगरले बताए ।
गठबन्धनको बैठकले वडा अध्यक्ष सहित अन्य पदाधिकारिको पनि टुङगो लगाएको छ । जसअनुसार वडा सदस्यमा वीर बहादुर कार्कि , पुरन बिक,महिला सदस्यमा दिपा महतारा,दलित महिला सदस्य समिपा सुनार रहेका छन ।
राजनैतिक रुपमा कुनै एउटा पार्टीबाट उमेदवार बन्नुपर्ने भएपनि आफु सबैको साझा उमेदवार भएको जिसिकाे भनाइ छ ।
वडामा भौतिक संरचना स्थानी बनाउनुपर्नेछ । ‘जथाभावी मोटरबाटो खन्ने होइन’–उनि भन्छन् ,–‘भौतिक संरचना आवश्यकताका आधारमा र प्रयोगका आधारमा बनाउने हो ।’ बनेका मोटरबाटो स्तरवृद्धि गरि वडालाई सुगम बनाउने जिसिकाे भनाइ छ । सडकलाई सुगम नबनाएसम्म वडाको कृषि उपजले बजार नपाउने जिसिकाे भनाइ छ । अबको बाटो व्यवहारिक शिक्षाको हो । प्राविधिक शिक्षामा विद्यार्थीहरुको पहुँच नपु¥याएसम्म जीवनपरक शिक्षा हुँदैन् भन्ने जिसिकाे मान्यता छ । व्यवहारिक र सीपयुक्त शिक्षा नभएका कारणले पनि लाखौं संख्यामा विदेशीनुपर्ने बाध्यता छ ।
जिसिले राजनैतिक रुपमा नेपाली काँग्रेसमा लामो समय देखि आवद्ध भएर पार्टीको सांगठनिक कार्यमा पनि योगदान पुराएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology