गुल्मी । मुसिकोट नगरपालिकामा क्रियाशिल ५ दलीय गठबन्धनबीच सहमती जुटेको छ । आशन्न स्थानीय तह निर्वाचनका लागि मुसिकोटमा क्रियाशिल गठबन्धनका दलहरुबीच भागवण्डाका विषयमा सहमती जुटेको हो ।
लामोसमयसगं भागवण्डाका विषयलाई लिएर सहमती हुन सकेको थिएन । आईतबार सम्पन्न बैठकले भागवण्डाको विषय टुगांएपछि अन्तत एकजुट भएर जाने सहमती भएको हो ।
सहमती अनुसार मुसिकोट नगरपालिकाको नगरप्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका पूर्व जिल्ला सचिव हरिनारायण सापकोटालाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै एकीकृत समाजवादीलाई उपप्रमुख पद दिने सहमती पनि भएको छ । समाजवादीले उपप्रमुखको रुपमा श्रीराम महतलाई उम्मेदवार चयन गरेको छ ।
भागवण्डामा माओवादीलाई २ वटा वडामा वडाध्यक्ष पद दिने निणर्य भएको नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमिति सभापति मोहन घिमिरेले जानकारी दिए ।
बैठकमा सहभागी नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवारहरुलाई अत्यधिक बहुमतले विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरुले सविंधानको रक्षा र प्रतिगमन विरुद्ध बनेको गठबन्धन ५ दल नभएर ५ पाण्डव भएको बताए ।
बैठकमा नेपाली काँग्रेसको तर्फबाट नगरसभापति मोहन घिमिरे, लुम्बिनी प्रदेश सदस्य विष्णु सापकोटा,माधव खरेल,कल्पना सापकोटा,महाधिवेशन प्रतिनिधि ज्ञानु सापकोटा,नगरसहसचिव मधु सुदन रायमाझी,नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य दुर्गा बहादुर विश्कर्मा,नेता खुम थापा,एकीकृत समाजवादीका बसन्त अधिकारी,जनमोर्चाका माधव खराल,जनता समाजवादी पार्टीका विरु गुरुङ लगायतको सहभागीता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology