Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

रियल म्याड्रिडका खेलाडीबीच झडप, अनुशासनको कारवाहीको तयारी

रियल म्याड्रिडका खेलाडीबीच झडप, अनुशासनको कारवाहीको तयारी

images
  • रियल म्याड्रिडका खेलाडीबीच झडप, अनुशासनको कारवाहीको तयारी
    images
    images

    काठमाडौँ । रियल म्याड्रिडले प्रशिक्षणका क्रममा खेलाडीबीच भएको झडपपछि मिडफिल्डर फेडेरिको भाल्भेर्डे र ओरेलियन चुआमेनीमाथि आन्तरिक अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ ।

    images
    images
    images

    क्लबका अनुसार दुई खेलाडीबीच गम्भीर शारीरिक झडप भएको थियो, जसमा भाल्भेर्डेको टाउकोमा चोट लागेर अस्पताल भर्ना गर्नुपरेको थियो । उनको करिब १४ दिनसम्म उपचार चल्ने बताइएको छ । घटनापछि क्लबले विशेष अनुसन्धान अधिकृत नियुक्त गरेको छ । अनुसन्धानबाट आरोप पुष्टि भए दुवै खेलाडीलाई १० देखि ३० दिनसम्म खेल तथा तलबबाट निलम्बन गरिन सक्ने जनाइएको छ । क्लबले घटनालाई निकै गम्भीर रूपमा लिएको बताइएको छ ।

    images
    images
    images

    उनीहरुबीच विहिबारको प्रशिक्षणको क्रममा झडप भएको दाबी गरिएको छ । भाल्भेर्डेले भने घटनापछि एक नोट जारी गर्दै विवाद हुदा आफुले टेबलमा हानेको र आफ्नो निधारमा सानो घाउ भएको उल्लेख गरेका छन् । साथै उनले आफुलाई कुनै खेलाडीले प्रहार नगरेको बताएका छन् । 

    images
    images
    images

    यस घटनापछि रियल म्याड्रिडलाई आगामी खेलमा मिडफिल्डमा समस्या पर्ने देखिएको छ । विशेषगरी आइतबार हुने एल क्लासिकोमा बार्सिलोना विरुद्धको खेलअघि टोलीमाथि थप दबाब परेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रियल म्याड्रिड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।