Logo

२०८३, कार्तिक १३गते


images
images

एमबाप्पेको अभिव्यक्तिप्रति रियल म्याड्रिडले माग्यो चिनियाँ जनतासँग माफी

एमबाप्पेको अभिव्यक्तिप्रति रियल म्याड्रिडले माग्यो चिनियाँ जनतासँग माफी

images
  • एमबाप्पेको अभिव्यक्तिप्रति रियल म्याड्रिडले माग्यो चिनियाँ जनतासँग माफी
    images
    images

    काठमाडौं । स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना खेलाडी किलियन एमबाप्पेको पछिल्लो अभिव्यक्तिबाट चिनियाँ जनतामा पर्न गएको असहजताप्रति माफी मागेको छ ।

    images
    images
    images

    क्लबले चीन, त्यहाँको इतिहास, संस्कृति र नागरिकप्रति आफ्नो गहिरो सम्मान रहेको जनाएको छ । साथै, रियल मड्रिडप्रति माया र प्रशंसा राख्ने लाखौँ चिनियाँ समर्थकको भावनाको पनि सम्मान गर्ने उल्लेख गरेको छ ।

    images
    images
    images

    रियल म्याड्रिडले एमबाप्पेले सार्वजनिक रूपमा माफी माग्दै आफ्नो अभिव्यक्तिप्रति दुःख व्यक्त गरेको र चिनियाँ जनताप्रति सम्मान दोहोर्‍याएको विषयलाई समर्थन गरेको छ ।

    images
    images
    images

    क्लबले आपसी सम्मान, सहअस्तित्व र सांस्कृतिक समझदारीका मूल्यप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै चीन र त्यहाँका नागरिकसँगको मित्रता तथा आत्मीय सम्बन्धलाई थप बलियो बनाउने इच्छा व्यक्त गरेको छ ।

    विवाद फ्रान्सेली कार्यक्रम ‘द ब्रिज’मा गरिएको कुराकानीबाट सुरु भएको थियो । आफूलाई तानाशाहका रूपमा चित्रण गरिएका इन्टरनेटका तस्बिरमध्ये सबैभन्दा रमाइलो लागेको तस्बिरबारे सोध्दा एमबाप्पेले आफ्नो अनुहार जोडिएको एक तस्बिरको उल्लेख गर्दै त्यसमा देखिएको व्यक्तिलाई ‘चिनियाँ तानाशाह’ भनेका थिए । उक्त तस्बिरमा उनको अनुहार चीनका पूर्वनेता माओत्सेतुङको शरीरमा जोडिएको थियो । 

    एमबाप्पेको उक्त अभिव्यक्ति सार्वजनिक भएपछि चीनमा उनको चर्को आलोचना भएको थियो । विवाद बढ्दै जाँदा चिनियाँ कम्पनीहरूले उनीसँगको व्यावसायिक सहकार्य अन्त्य गरेका छन् । साथै, चीनको सरकारी प्रसारण संस्थाले स्पेनिस लिगका खेल प्रसारण नगर्ने निर्णय गरेको छ । 

    एमबाप्पेले यसअघि नै आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्दै आफूले गरेको टिप्पणी उचित नभएको बताएका थिए । उनको भनाइले चीन र विश्वभरका चिनियाँ समुदायका धेरै मानिसको भावनामा चोट पुगेको आफूले बुझेको उल्लेख गर्दै उनले चिनियाँ जनता र उनीहरूको इतिहासप्रति गहिरो सम्मान रहेको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रियल म्याड्रिड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।