Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

गत निर्वाचनमा १० लाख काँग्रेसका मतदाताले रुखमा भोट दिएनन्- गगन थापा

गत निर्वाचनमा १० लाख काँग्रेसका मतदाताले रुखमा भोट दिएनन्- गगन थापा

images
  • गत निर्वाचनमा १० लाख काँग्रेसका मतदाताले रुखमा भोट दिएनन्- गगन थापा
    images
    images

    धनगढी । नेपाली कांग्रेसका सभापति गगन थापाले गत निर्वाचनमा १० लाख काँग्रेसका मतदाताले रुखमा भोट नदिएको बताएका छन् ।

    images
    images
    images

    धनगढीमा आयोजित नेपाली कांग्रेसको सुदूपश्चिमको स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले चुनाव हारेपनि जिम्मेवारीबाट भाग्न नमिल्ने बताउदै १० लाख काँग्रेसका मतदाताले रुखमा मत नदिएको बताएका हुन् ।

    images
    images
    images

    सभापति थापाले रुखमा मत नदिने काँग्रेसका नेताहरुलाई पनि तत्काल कुनै जिम्मेवारी नदिने स्पष्ट गरे । 

    images
    images
    images

    उनले नेतासँग असन्तुष्टि भयो भन्दैमा कांग्रेसको टिकट लिएर चुनावमा उठेको उम्मेदवारलाई भोट हाल्दिनँ भन्न पाइँदैन भन्दै अन्त भोट हाल्नेलाई जिम्मेवारी नदिने बताए ।

    सभापति थापाले रास्वपाका नेता कार्यकर्तालाई सरकारको गलत कामको विरोध गर्न आग्रह गर्दै आफुहरुले पनि विगतमा आफ्नै सरकारका गलत कामको विरोध गरेको उल्लेख गरेका थिए ।

    उनले सरकारका सुशासनका सन्दर्भमा गरेका सकारात्मक प्रयासलाई समर्थन गर्ने तर शक्ति र सत्ताको आडमा लोकतन्त्र नियन्त्रण गर्न खोजिए विरोध गर्ने स्पष्ट गरे । साथै उनले अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी समस्यामा राज्य संवेदनशील हुनुपर्ने भन्दै सबैको आत्मसम्मानको रक्षा सरकारले गर्नुपर्ने बताए । 

    सभापति थापाले प्रदेश सरकारहरुले प्रभावकारी रुपमा काम गर्नुपर्नेमा जोड दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।