Logo

२०८३, श्रावण ३०गते


images
images

ब्राजिलको विश्वकप खेल्ने टिमको घोषणा, नेइमार समावेश

ब्राजिलको विश्वकप खेल्ने टिमको घोषणा, नेइमार समावेश

images
  • ब्राजिलको विश्वकप खेल्ने टिमको घोषणा, नेइमार समावेश
    images
    images

    काठमाडौँ । ब्राजिलले फिफा विश्वकप फुटबल खेल्ने २६ सदस्यीय टोली सार्वजनिक गरेको छ । मुख्य प्रशिक्षक कार्लो एन्चेलोटीले नेइमारलाई समेट्दै ब्राजिलको विश्वकप खेल्ने टिम सार्बजनिक गरेका हुन् । 

    images
    images
    images

    टोलीमा सबैभन्दा ठूलो आकर्षणका रूपमा अनुभवी फरवार्ड नेइमार परेका छन् । चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका उनी पुनः फर्किएका छन् ।

    images
    images
    images

    ३४ वर्षका नेइमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले १२८ खेलमा ७९ गोल गरेका छन् । उनी यसअघि सन् २०१४, २०१८ र २०२२ विश्वकपमा पनि खेलेका थिए, र यो उनको चौथो विश्वकप हुनेछ ।

    images
    images
    images

    प्रशिक्षक एन्चेलोटीले टोली घोषणा गर्दै नेइमारको फिटनेस र पछिल्लो प्रदर्शनलाई ध्यानमा राखेर छनोट गरिएको बताएका छन् ।

    ब्राजिलको २६ सदस्यीय टोली  यस प्रकार छ ।

    गोलरक्षक: अलिसन बेकर, एडरसन र वेभर्टन ।

    रक्षक: एलेक्स सान्द्रो, डानिलो, लिओ पेरेइरा, ब्रेमर, इबानेस, वेस्ली, मारक्विन्योस, गाब्रिएल र  डग्लास सान्तोस ।

    मिडफिल्डर: ब्रुनो गिमारेइस, कासेमिरो, डानिलो सान्तोस, फाबिन्हो र लुकास पाकेटा ।

    फरवार्ड: एन्ड्रिक, गाब्रिएल मार्टिनेली, इगोर थियागो, माटेउस कुन्हा, राफिन्हा, भिनिसियस जुनियर, लुइज हेनरिक, नेइमार र रायन ।

    टोलीमा प्रिमियर लिग, ला लिगा र युरोपका विभिन्न क्लबमा खेलिरहेका प्रमुख खेलाडीहरू समावेश छन् ।

    संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने यस विश्वकपमा ब्राजिलले आफ्नो पहिलो खेल जुन १३ मा मोरक्कोविरुद्ध खेलेर शुरु गर्दैछ । ब्राजिल समुह सी मा मोरक्को, हैटी र स्कटल्यान्डसँग रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्राजिल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।