माधव ज्ञवाली, गुल्मी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाको रुरुक्षेत्रमा ११ वटा मतदान स्थल र २० वटा मतदान केन्द्र कायम गरिएको छ। ६ वटा वडा रहेको रुरुक्षेत्रमा प्रत्येक वडामा मतदान केन्द्र रहने रुरुक्षेत्र गाउँपालिका गुल्मीका निर्वाचन अधिकृत वसन्त प्रसाद पन्थीले बताए।
पन्थीका अनुसार रुरुक्षेत्र १ मा दुई मतदान स्थल र ३ मतदान केन्द्र रहेका छन् । भट्कुवा मा.वि मा एउटा र रिडि मा.वि मा भवन 'क' र भवन `ख´ गरि दुईवटा मतदान केन्द्र तोकिएको छ। भट्कुवा माविमा जम्मा ९२८ जना, रिडि माविमाको भवन `क´ मा ८१२ जना र भवन `ख´ मा जम्मा ८६२ जना मतदाता रहेका छन् ।
यता वडा न.२ मा पनि २ मतदान स्थल र ३ मतदान केन्द्र रहेका छन् । रुद्रवेणी प्रा.वि, बेनीमा एउटा र ग्वादी मावी, देउरालीमा `क´ र ´ख´ गरि दुई मतदान केन्द्र रहनेछन् । रुद्रवेणी प्रा.वि मा ७५४, ग्वादी मा.वि देउराली `क´ मा ७८४ र ग्वादी मा.वि देउराली `ख´ मा ८०८ मतदाता रहेका छन् ।
त्यस्तै २ वटा मतदान स्थल रहेको वडा न.३ मा पनि ३ वटै मतदान स्थल निर्धारण गरिएको अधिकृत पन्थीले जानकारी दिएका छन् । उनका अनुसार शारदा प्रावि ओखलढुंगामा १ र राष्ट्रिय मावि थोर्गाकोटमा २ मतदान केन्द्र रहेका छन् । शारदा प्राविमा ५१४ जना मतदाताले भोट हाल्न पाउनेछन् भने राष्ट्रिय मावी थोर्गाकोट `क´ मा ९२४ र `ख´ मा ९४१ गरि थोर्गामा जम्मा १८६५ जना मतदाताले भोट हाल्न पाउनेछन् ।
गाउँपालिकाको सबभन्दा बढी मतदाता रहेको वडा न.४ मा भने दुई मतदान स्थल र ५ मतदान केन्द्र निर्धारण गरिएको छ। ज्ञवा बलेटक्सार माविमा ३ र बम्घा निमावि चौतारीमा २ गरि जम्मा ५ वटा मतदान केन्द्र तोकिएको हो।
बम्घा निमावि चौतारा भवन `क´ मा ७२८ र भवन`ख´ मा ७४३ गरि त्यहाँ कुल १४७१ जना मतदाता रहेको निर्वाचन कार्यालय रुरुक्षेत्र गाउँपालिका गुल्मीले जानकारी दिएको छ। यता ३ वटा निर्वाचन केन्द्र रहेको ज्ञवा बलेटक्सार माविमा भने कुल २५२६ जना मतदाता रहेका छन् । जसमा ज्ञवा बलेटक्सार मावि, बलेटक्सार `क´ मा ८४०, `ख´ मा ८४० र केन्द्र `ग´ मा कुल ८४६ जना मतदाता रहेका छन् ।
त्यस्तै वडा न.५ मा २ मतदान स्थल र ३ मतदान केन्द्र निर्धारण गरिएको छ। जनज्योति आधारभूत विद्यालय, काहुलेमा १ र बम्घा टाहाटिम आधारभुत विद्यालय टाहाटिममा २ गरि त्यँहा कुल ३ मतदान केन्द्र तोकिएको हो। जनज्योति आधारभुत विद्यालयमा ९९७, बम्घा आधारभुत विद्यालय टाहाटिम `क´ मा १०३६ र `ख´ मा १०४३ जना मतदाता रहेका छन् ।
उता रुरुक्षेत्र ६ मा भने एउटा मात्र मतदान स्थल रहेको छ, जहाँ ३ वटा मतदान केन्द्र रहेका छन् । जनज्योति मा.वि भवन `क´, `ख´ र `ग´ गरि कुल ३ वटा मतदान कन्द्र निर्धारण गरिएको हो। `क´ मा ७२८, `ख´ मा ७५६ र `ग´ मा ७६८ जना मतदाता रहेका छन् ।
कुल १६ हजार ६ सय ५२ मतदाता रहेको रुरुक्षेत्रमा सबैभन्दा बढी वडा न.४ बलेटक्सारमा ३ हजार ९ सय ९७ र सबैभन्दा कम वडा न.६ रिमुवामा २ हजार २ सय ५२ जना मतदाता रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology