कृष्ण अन्जान, गुल्मी । स्थानीय तहको निर्वाचनमा घरदैलाे मा राजनीतिक पार्टीहरु गाउँमा व्यस्त छन । निर्वाचन आचार सँहिताका कारण गाउँ घरका भित्ताहरु रँगिएका छैनन भने प्रचारका पाेष्टर हरु पनि टाँसिएको देखिँदैन ।
रुरुक्षेत्र गाउँपालिकाका बजार हुन या गाउँघर विगतका निर्वाचनमा जस्ताे झाँइझुईँ पनि छैन र खाेलिएका सम्पर्क कार्यालय हरुमा मधुरो श्वरमा स्पिकरमा चुनावि गित हरु बजाईन्छ ।
निर्वाचन आचार सँहिता कहिँ कतै उलँघन गरिए पनि राजनीतिक दलहरूले एक अर्काकाे अनुगमन गरेका छन र तत्काल उजुरी गरि उलँघनका घटनाहरु निर्वाचन कार्यालय र प्रहरी प्रशासनमा जानकारी गराएका छन ।
आचारसँहिता भित्र बस्नु पर्ने भएपछि सार्वजनिक पद धारण गरेका नेता गण पनि राजनैतिक दलका प्रचारप्रसारमा खासै सहभागी भएकाे देखिँदैन । उम्मेदवारहरु जनताकाे घर घरमा व्यक्तिगत भेटघाटमा व्यस्त देखिन्छन् ।
हामीले निर्वाचन आचार सँहिताकाे पुर्ण पालना गरेका छौँ हाम्रा अभियान जनता सँग प्रत्यक्ष भेटघाटमा केन्द्रित छ यहाँ सम्मकि गाउँघरमा आफ्नो तर्फबाट गरेका कामहरू बारे पनि कुरा गरेका छैनौँ मात्र मतदाता सँग भाेलीका लागि कसरी काम गर्ने र के के गर्ने भनेर सुझाव छलफलमा सँगै अन्तरकृया गरेका छौँ रुरुक्षेत्र गाउँ पालिका वडा न १ मा नेकपा एमालेका वडा सदस्यका उम्मेदवार घनस्याम ज्ञवालीले भने । राजनैतिक दलहरूले घरदैलाेमा एकदुईवटा झण्डा प्रयाेग गरेका छन सँगै मतपत्रमा मतहाल्न मात्र सिकाएकाे देखिन्छ ।
याे पटक निर्वाचन आयाेगले मतदाता शिक्षाका लागि कसैलाई खटाएकाे छैन । त्यसैले राजनैतिक कार्यकर्ता हरुनै मतदाता शिक्षामा खटिएकाे देखिएकाे छ ।रुरुक्षेत्र गाउँ पालिकामा याे पटक १६ हजार छ सय ५२ मतदाता रहेकाे र ६ वटा वडामा गरि ११ मतदान स्थल र २० मतदान केन्द्र रहेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology