Logo

२०८३, आश्विन १०गते


images
images

विजयी भए तलब सामाजिक कार्यमा खर्चिन्छु: वडाध्यक्षका उम्मेदवार श्रेष्ठ

विजयी भए तलब सामाजिक कार्यमा खर्चिन्छु: वडाध्यक्षका उम्मेदवार श्रेष्ठ

images
  • विजयी भए तलब सामाजिक कार्यमा खर्चिन्छु: वडाध्यक्षका उम्मेदवार श्रेष्ठ
    images
    images

    गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न.४ का वडा अध्यक्ष पदका का उम्मेदवार कमल श्रेष्ठले  आफु वडाध्यक्ष निर्वाचित भएमा आफुले पाउने सरकारी तलब भत्ता आवश्यकता अनुसार पुर्ण  रुपमा सामाजिक सेवामा खर्च गर्ने सार्वजनिक  घोषणा गरेका छन ।

    उनले सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र विपन्न वर्गका जनताहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्  ।`वडास्तरको तिव्र बिकास गर्नका लागि मेरो उम्मेदवारी रहेको हो, आफ्नो जीवन चलाउन आवश्यक पैसा त म यसै पनि कमाएकै थिएँ । पैसा कमाउन मलाई मेरो वडा अध्यक्ष बन्ने रहर हैन।´ श्रेष्ठ सुनाउँछन् ।

    कतै तपाईंको चुनावी रणनीति त हैन? कि चुनाव नसकिने बेलासम्म को लागि जनतालाई आश्वासन दिन मात्र हो? भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्, ` रुरुका जनता लाटा छैनन्, उनिहरु कुनै उम्मेदवारले बोलेको एक एक सानो कुरालाई पनि निकै गम्भीर रुपले नोट गरेका हुन्छन् । यदि चुनाव पछि मैले अहिले बोलेको र पछि देखाउने व्यबहार र काम फरक भयो भने जनता सामु मैले कसरी मुख देखाउन सकुँला र? यो मेरो आत्मैदेखिको प्रतिबद्धता हो, त्यो म गर्छु पनि।"

    एउटा सानो सिफारिस लिन पनि वडामा ३/४ दिनसम्म धाउनुपर्ने बाध्यता विगतका ५ बर्षमा बलेटक्सारका जनताले भोग्दै आएको बताउँदै आफू चुनाव जितेर त्यहाँ पुग्न पाए सर्वप्रथम त्यो समस्या हल गर्न आफुले केहि नयाँ सोच सहित आएको बताउँदै आफू वडा अध्यक्षमा निर्वाचित भए त्यो समस्या आउनै नदिने श्रेष्ठले  ठोकुवा गरे।

    एकल महिला,वृद्ध, अशक्त, पिछडिएको वर्गहरुलाई आर्थिक एवं भौतिक रुपमा सहयोग गर्न आफ्नो तलब भत्ता खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनी भन्छन्,` वडा अध्यक्ष बनेर जनताको सेवा गर्छु भन्नू सानो कुरा र सजिलो कुरा हैन । मैले गर्दै आएको ब्यबसायबाट मलाई यस क्षेत्रका धेरैले  चिनेका पनि छन्, त्यसैले आफू परिचित हुन र पैसा कमाउन भन्दा पनि जनताको सेवा गर्न नै म वडा अध्यक्ष पदको उम्मेदवार बनेको हुँ । मलाई जनताले जिताउनेछन।"
    विगतमा नेतृत्व गरेको सरकारले जनताको मन जित्न नसकेको र धेरै जनताबाट आलोचना खेपेको कारण यसपालि जनताले नया सोच र नया योजना सहितको उम्मेदवार खोज्ने कुरामा आफु विश्वस्त रहेको बताउँदै  जनताको चाहाना अनुसारको एजेन्डा आफुसङ्ग रहेको उनले बताए। माओवादी केन्द्र रुरुक्षेत्र गाउँपालिका वडा न.४ का अध्यक्ष समेत रहेका श्रेष्ठ सत्ता गठबन्धनको तर्फबाट रुरुक्षेत्र ४ को वडा अध्यक्ष पदका साझा उम्मेदवार हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।