Logo

२०८३, श्रावण ३०गते


images
images

शिक्षा

बुद्ध पब्लिकमा कम्प्यूटर साईन्स, होटल म्यानेजमेन्ट र मार्केटीङ् सम्बन्धि तालिम

बुद्ध पब्लिकमा कम्प्यूटर साईन्स, होटल म्यानेजमेन्ट र मार्केटीङ् सम्बन्धि तालिम

images
  • बुद्ध पब्लिकमा कम्प्यूटर साईन्स, होटल म्यानेजमेन्ट र मार्केटीङ् सम्बन्धि तालिम
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक  इङ्गलिस बोर्डिङ हाइ स्कुल देवदहमा आई टि, वारिष्टा तथा सेयर मार्केट सम्बन्धि तालिम सुरु भएको छ । कक्षा ११ र १२ अन्तर्गत कम्प्यूटर साईन्स, होटल म्यानेजमेन्ट र मार्केटिङ् विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि तालिम आयोजना गरिएको हो ।  

    images
    images
    images

    बिहिबारबाट सुरु भएर ४ दिनसम्म संचालन हुने तालिममा १८५ जना विद्यार्थीहरुको सहभागिता रहेको छ । जसमा होटल म्यानेजमेन्ट तर्फका ८५ जना, कम्प्युटर साइन्स तर्फका ५४ जना र व्यवस्थापन तर्फका ४६ जना विद्यार्थी सहमागी रहेको विद्यालयका सहायक प्रिन्सिपल वेद सुर्यवंशीले जानकारी दिए । 

    images
    images
    images

    कक्षा ११ र १२ का इन्चार्ज अनन्तराम भण्डारी, जेएमस टेक आई टि कम्पनीका संचालक इन्जिनियर लोकेन्द्र जर्घा, वारिष्टा प्रशिक्षक भानु पंगेनी, शिक्षक महेश गौतम लगाएतले बोल्दै विद्यार्थीहरुमा किताबि ज्ञानसंगै व्यवहारिक ज्ञान आवश्यक रहेको बताए । डिग्री प्राप्त गरेता पनि व्यवहारिक ज्ञान नहुँदा त्यसले सार्थकता नपाउने उनीहरुले उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका कृष्णप्रसाद गैरे विद्यार्थीहरुलाइ भविष्य बारे सचेत गराउन तालिम आयोजना गरिएको बताए । तालिमबाट बिद्यार्थीहरुले भरपुर पाइदा लिनुपर्ने धारणा राखे । कार्यक्रमको सञ्चालन ढुण्डिराज मरासिनीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।