Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रवि लामिछाने आज भारत जादै

रवि लामिछाने आज भारत जादै

images
  • रवि लामिछाने आज भारत जादै
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । लामिछाने आज सोमबारदेखि भारत भ्रमणमा जाने भएका हुन् ।

    images
    images
    images

    भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेले विज्ञप्ति जारी गर्दै लामिछानेले जुन १ देखि भारतको भ्रमण गर्ने जानकारी दिएका हुन् । चौथाईवालेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनको निमन्त्रणामा लामिछाने भारत आउने उल्लेख गरेका छन् । यो भ्रमण रास्वपा र भाजपाबीचको पार्टी पार्टीबीचको इन्गेजमेन्टको रुपमा हुन लागेको उनले बताएका छन् ।

    images
    images
    images

    सभापति लामिछाने पत्नी निकिता पौडेल, पार्टी सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरासहित भारत भ्रमणमा जान लागेको बताइएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री बालेन्द्र शाहले तत्काल विदेश भ्रमण नजाने भएपछि लामिछाने छिमेकी देश भारतसँगको सम्बन्धलाई सुदृढ बनाउन भ्रमण गर्न लागेको उनी निकट नेताहरुको दाबि रहेको छ । 

    भारतले प्रधानमन्त्री शाहको भारत भ्रमण चाहेको भएपनि त्यसो हुन नसकेपछि लामिछानेको भ्रमण हुन लागेको बताइएको छ । भारत भ्रमणको क्रममा लामिछानेको भ्रमण भ्रमणका क्रममा भाजपा अध्यक्ष नितिन नवीन बाहेक अन्य कुन कुन नेतासँग भेटवार्ता हुन्छ भन्ने स्पष्ट गरिएको छैन ।

    यसबीचमा भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीको नेपाल भ्रमण स्थगितले पनि नयाँ सरकारसँग भारतको सम्बन्धका विषयमा प्रश्न उठिरहेका बेला लामिछानेको भारत भ्रमणलाई सम्बन्ध सुधारको पहलको रुपमा विश्लेषण गरिएको छ ।


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।