काठमाडौँ । नेपाल मामिलाका जानकार भारतीय प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको सीमा विवाद अन्तर्राष्ट्रियकरण गर्न खोजेको भन्दै यो प्रतिउत्पादक हुने टिप्पणी गरेका छन् ।
सामाजिक संजालमा टिप्पणी गर्दै मुनीले प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा समस्या एकतर्फी नभएको भन्दै खुलेर स्वीकार गरेकोमा उनको साहसिक कदमका लागि बधाई दिनुपर्ने भएपनि यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयास भने उल्टै प्रतिउत्पादक हुने टिप्पणी गरेका छन् ।
उनले भनेका छन्- 'प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमा समस्या एकतर्फी नभएको भन्दै खुलेर स्वीकार गरेकोमा उनलाई साहसिक कदमका लागि बधाई दिनुपर्छ । भारतसँगको सीमा विवाद सधैं एकतर्फी नभएको र सुस्तामा नदीको धार परिवर्तनका कारण भारतीय भूमि नेपालमा रहेको छ । तर यस विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने उनको प्रयास भने उल्टै प्रतिउत्पादक हुन्छ ।'
आइतबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा लिपुलेकको विषयमा भारत, चीन र इङल्याण्डसँग समेत कुरा गर्ने बताएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology