गुल्मी । भगतसिंह खड्का उमेरले ३६ वर्षका भए । सानै देखि नेतृत्वमा अब्बल खड्का अहिले स्थानीय तहको चुनावी मैदानमा होमिएका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका खड्का स्पष्ट वक्ताको रुपमा परिचित छन् । खड्काले थुप्रै संघ–संस्थाहरुको सफलता पूर्वक नेतृत्व गरेका छन् । उनका निकटस्थहरू खड्का दुरदर्शी नेता भएको बताउँछन् ।
सानै उमेरमा नेपाल विद्यार्थी संघको जिल्ला सचिव भएका खड्का नेपाली काँग्रेसको क्षेत्रीय सदस्य हुँदै क्षत्रीय सह–सचिव र २०७२ सालमा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं.–२, को सभापति भएका थिए । यस अघि नेपाली काँग्रेस गुल्मीको आठौं अधिवेशनबाट अत्यधिक मतसहित जिल्ला सचिवमा निर्वाचित भएका छन् ।
१९ वर्ष अध्यापन पेशामा आवद्ध खड्कासँग थुप्रै शैक्षिक संघ–संस्थाको नेतृत्व गरेको अनुभव छ । खड्का अहिले इस्मा गाउँपालिकाका घर–घरमा मतदातालाई भेट्न निकै व्यस्त छन् । उनी जनताका साना–साना समस्या देखि गौरव गर्न लायक विकासका एजेण्डासहित चुनावी घरदैलोमा हिडेको कांग्रेस नेताहरू बताउँछन् । निर्वाचन परिणामबारे कुरा गर्दै खड्का आफुलाई इस्माबासीले जिताउने बताउँछन् । आफुले इस्मालाई समुन्नत गाउँपालिका बनाउन आफु गरेको प्रतिबद्धता कुनैपनि हालतमा पूरा गर्ने उनको भनाइ छ ।
भ्रष्टाचारको अन्त्यका लागि आफ्नो उम्मेदवारी रहेको बताउँने खड्का तीन दशकसम्म लगातार एउटा ब्यक्ति सत्तामा रहेर पनि इस्माली जनताको आधारभूत आवश्यकता परिपूर्ति नभएको भन्दै प्रतिस्पर्धी दलप्रती गुनासो गर्छन्। उनले भने,“जनताको आधारभूत आवश्यकता परिपूर्तिका लागि सत्तारुढ गठबन्धनलाई मतदान विनम्रता पूर्वक अपिल गर्दछु ।” ३० वर्षमा देशमा थुप्रै व्यवस्था फेरिएर नयाँ व्यवस्था आएपनि इस्मा गाउँपालिकामा जनताको अवस्था नबदलिएकोले यसपटक नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको इस्माबासीले बुझिसकेको खड्काले बताए ।
खड्काले आफुहरुसँग इस्मा गाउँपालिकालाई नमुनाका रुपमा अगाडि बढाउन थुप्रै योजना रहेको भन्दै पूर्णरुपमा भ्रष्टाचारको अन्त्य गरी रोजगारीको सिर्जना गरेर गाउँपालिकालाई समृद्ध बनाउने योजनाहरु रहेको बताए ।
त्यसैगरी कानुन विषयमा स्नातक उत्तिर्ण २६ वर्षिय युवती पार्वती कुँवर आफ्नो समुहबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेकोले आम इस्माबासीले आफुहरुलाई रोज्नुपर्ने खड्काको धारणा छ । उपाध्यक्षले न्यायीक क्षेत्रलाई प्राथकिता दिएर अगाडि बढ्नुपर्ने भएकोले यस विषयमा योग्यलाई नै उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएकोले आफुहरुको समुह नेतृत्वमा अब्बल रहेको खड्काको दाबी छ ।
यस्ता छन्, 'इस्माको जगत फेर्ने भगतका योजना'
– घर–घरमा स्वास्थ्य परीक्षण
– विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा
– निःशुल्क शिक्षा कार्यान्वयन
– निःशुल्क र सहज खानेपानी
– स्थानीय रोजगार
– कृषि र पशु बिमा
– कृषिमा उद्यमशीलता
– सडक स्तरोन्नति र कालोपत्रे
– पर्यटन पूर्वाधार विकास
– घरेलु उद्योगहरुको स्थापना
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology