Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहका बासु गाहाको उपचारका लागि ‘मगर संसार’को आर्थिक सहयोग

देवदहका बासु गाहाको उपचारका लागि ‘मगर संसार’को आर्थिक सहयोग

images
  • देवदहका बासु गाहाको उपचारका लागि ‘मगर संसार’को आर्थिक सहयोग
    images

    देवदह । फेसबुक अनलाइन समूह ‘मगर संसार’ले बोनम्यारो रोगबाट पीडित रुपन्देहीको देवदह–९, घोडाहा निवासी १८ वर्षीय बासु गाहा मगरको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

    images
    images
    images

    मगर संसारका अध्यक्ष अनिल लामिछाने थापा मगरको नेतृत्वमा सञ्चालन गरिएको ३१७औँ सहयोग अभियानअन्तर्गत विभिन्न देश तथा स्थानमा रहेका सहयोगीबाट प्राप्त ४४ हजार ७४७ रुपैयाँ सोमवार परिवारलाई हस्तान्तरण गरिएको हो । 

    images
    images
    images

    सहयोग हस्तान्तरण कार्यक्रममा संसारका एडमिनहरु अमिर  सारु मगर, जस्मिन पचभैया मगर, सागर झेडी मगरसहित प्रगति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दुर्गबहादुर राना लगायतको उपस्थिति रहेको थियो ।  

    images
    images

    अभियानमा दक्षिण कोरियामा रहेका अनिल लामिछाने थापा मगरसहित कोरिया, नेपाल, बेलायत र मलेसियामा रहेका विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग प्रदान गरेका छन् ।

    मगर संसारले गम्भीर रोगबाट पीडित, आर्थिक अवस्था कमजोर भएका तथा उपचारका लागि सहयोग आवश्यक परेका व्यक्तिहरूलाई नियमित रूपमा सहयोग अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।  

    मगर संसारले सामाजिक उत्तरदायित्व अन्तर्गत मानवीय सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।

    सहयोगदाताको विवरण 

    १) अनिल लामिछाने थापामगर (सहयोग संयोजक/ मगर संसारका अध्यक्ष) - देवदह ७ शीतलनगर रूपन्देही हाल कोरिया २०,०००/- वन 
    २) प्रेम सारु मगर - देवदह ५ खैरेनी कलुवा रुपन्देही हाल कोरिया २५,०००/- वन 
    ३) मिलन राना मगर - देवदह ४ भवानीपुर  रुपन्देही हाल कोरिया २०,०००/- वन 
    ४) सुरज गाहा मगर - देवदह ७ शीतलनगर रुपन्देही हाल कोरिया २५,०००/- वन 
    ५) भुपेन सारु मगर -  पुतली बजार ७ स्याङ्जा हाल कोरिया १५,०००/- वन 
    ६) पार्वती थापा मगर -  गल्याङ ११ स्याङ्जा रु.१,०१०/-
    ७) गिरिराज रेग्मी - देवदह ७ शीतलनगर रुपन्देही हाल कोरिया ५०,०००/- वन 
    ८) केबि सारू मगर - देवदह १ दुर्गा नगर टोल  रुपन्देही हाल कोरिया २५,०००/- वन 
    ९) टिकाराम थापा मगर र भीममाया थापा मगर गुल्मी कालीगण्डकी ६ रमफै बसाई बुटवल सालझन्डी हाल यु.के रु. ५,५००/- 
    १०) दुजमान थापा मगर - प्युठान जिल्ला गौमुखी २, अर्खा रु.५,०१५/- 
    ११) विनायक थापा मगर - चन्दीभन्ज्याङ पाल्पा रु.५०१/-
    १२) धानीसारा थापा मगर ' श्रेष्ठ '(व्यावसायी ) - पाल्पा हाल मलेशिया रू.२,५००/-
    १३) स्ट्रोङ आकाश - देवदह ७ सुनकौडा रुपन्देही रू.१,१११/-
    १४) कृष्ण कुमारि थापा - शुक्ला गण्डकी ३ डुलेगौंडा तनहुँ रू.१,०५०/-
    १५) माया थापा थापा - शुक्ला गण्डकी ४ डुलेगौंडा तनहुँ रू.१,०५०/-
    १६) मन ब. घर्ति मगर - बुटवल ११, देवीनगर रू.२,५००/-
    १७) समिर गाहा मगर  - देवदह १० चरंगे  रुपन्देही हाल कोरिया २५,०००/- वन 
    १८) शक्तिमान  थापा मगर - देवदह १ राजावारि रुपन्देही हाल कोरिया २०,०००/- वन 
    १९) डम्मर रोका मगर - बाग्लुङ काठेखोला १ हाल कोरीया रू.२,०००/-
    जम्मा सहयोग:- रू. ४४,७४७/- मात्र ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।