Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्र ४ को मुहार फेर्ने जनमोर्चाका केसीको सपना !

रुरुक्षेत्र ४ को मुहार फेर्ने जनमोर्चाका केसीको सपना !

images
  • रुरुक्षेत्र ४ को मुहार फेर्ने जनमोर्चाका केसीको सपना !
    images
    images

    माधव ज्ञवाली, गुल्मी । आउँदो बैशाख ३० गतेको स्थानीय निकायको चुनावका लागि विभिन्न दल एवं गठबन्धनहरुले आफ्ना आफ्ना उम्मेदवारलाई चुनावी मैदानमा ल्याउँदै छन् । मनोनयन दर्ता पछि चुनावी प्रचारप्रसार पनि निकै तीब्र देख्न सकिन्छ,अब चुनावको दिन आउन मात्र ४ दिन बाकी छ।

    images
    images
    images

    यसैबीच जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा पनि नेकपा एमाले र गठबन्धनले आफ्ना आफ्ना उम्मेदवारहरुलाई चुनावी मैदानमा उभ्याएका छन् । रुरुक्षेत्र ४ मा भने राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएर मैत्रीपुर्ण प्रतिस्पर्धामा उत्रिएको छ।

    images
    images
    images

    जिल्लाकै पुराना एवं पाका नेताको रुपमा चिनिने राष्ट्रिय जनमोर्चा पार्टीका जिल्ला कोषाध्यक्ष समेत रहेका टेक बहादुर केसी रुरुक्षेत्र गाउँपालिका वडा न.४ को वडाध्यक्ष पदमा भिड्दै छन् ।

    images
    images
    images

    रुरुक्षेत्रमा तपाईं मात्र किन गठबन्धनबाट बाहिरिएर एक्लै चुनाव लड्न लाग्नुभएको? भन्ने प्रश्नमा केसी भन्छन्," मेरो उम्मेदवारी गठबन्धनलाई परास्त गर्न हैन। कुनै पार्टीमाथि  प्रहार गर्ने पुर्वाग्रह बोकेर पनि यो निर्णय भएको हैन। " आफू वडा न.४ को वडा अध्यक्षको लागि उपयुक्त भएको र यो यस् क्षेत्रका जनताको इक्षा पनि रहेको बताउँदै बलेटक्सार र समग्र रुरुको मुहार फेर्न आफुले उम्मेदवारी दिएको बताएका छन् । आफू घरदैलो गर्दै वडाका धेरै स्थानहरूमा पुगिसकेको बताउँदै धेरै जनताले आफुहरुमा निराशा र असन्तुष्टि छाएको बताउँदै यसपालि विकल्प खोज्नुपर्ने धारणा राख्दै आइरहेको बताउँदै त्यो विकल्प रुरुक्षेत्र ४ मा राष्ट्रिय जनमोर्चा र आफू रहेको बताएका छन् । घरदैलो गर्ने क्रममा धेरै जनताबाट केही आशा र अपेक्षा सहित शुभकामना आफुलाई दिइरहेको बताउँदै यस् क्षेत्रको मुहार फेर्न आफू सक्षम रहेको समेत दाबी गरेका छन् र त्यो स्थानमा आफुलाई यस् क्षेत्रका मतदाताले सहयोग गर्ने पनि विश्वास राखेका छन् ।

    एउटा छोरीलाई डाक्टर र अर्को छोरीलाई नर्स बनाएका केसीले विकासमा कोल्टे फेर्नको लागि शिक्षामा आमूल परिवर्तन ल्याउनुपर्ने बताउँछन् । भन्छन्," शिक्षा विकासको सुचक हो। त्यसमा पनि महिलालाई शिक्षाको क्षेत्रमा अझै अग्रसर गराउन सकियो भने विकासमा हामी एक खुड्किलो माथी पुग्छौं ।" पुरुषलाई मात्र प्राथमिकता राखेर हरेक विकास निर्माणका कार्यमा महिलालाई पछि पार्दा उनिहरुमा भएको क्षमतालाई बाहिर देखाउन नसकिएको बताउँदै केसीले महिलालाई माथि पुर्याउनुपर्नेमा जोड दिन्छन् ।

    अझै पनि सानो भन्दा सानो स्वास्थ्य समस्या लिएर स्वास्थ्य संस्थामा पुग्दा सर्वसाधारणले राम्रो सेवा नपाउने समस्या यथावत रहेको बताउँदै केसीले स्वास्थ्य क्षेत्रमा देखिने यस्ता खाले समस्याको हल गर्दै सुलभ स्वास्थ्य सेवा प्रधान गर्न आफ्नो मुख्य भुमिका रहने बताएका छन। भन्छन् " स्वास्थ्य क्षेत्रमा देखिएको मुख्य समस्या भनेको अझै पनि कतिपय ठाउँमा मान्छे बिरामी परेर बाहिर लैजानु परे एम्बुलेन्स समेत छिर्ने बाटो छैनन्, त्यसलाई हल गर्नु मुख्य दायित्व हो। अनावश्यक ठाउँमा डोजर घुमाउनु भन्दा ती ठाउँ पहिचान गरि त्यो समस्या हटाउने म प्रतिबद्धता गर्छु।"

    दशौ बर्षदेखि पुरानो मोटरसाइकल चढ्दै आइरहेका केसी लाई टाढैदेखी उनको मोटरसाइकलको आवाजले यस् क्षेत्रका मान्छेले सहजै चिन्छन। सामान्य जिवनशैली जिउँदै आइरहेका केसी वि.स २०४९ सालदेखि सोही पार्टीमा क्रियाशिल छन् । घरमै व्यापार व्यवसाय गर्दै आइरहेका केसी विगतमा केहि समय शिक्षण पेशामा समेत आवद्ध थिए। गाउँमै क्रान्ति सम्भव छ भन्ने उदाहरण दिन उनले राम्रो आम्दानी गर्दै आइरहेका छन् । भन्छन्," अब वडा अध्यक्ष हुने अबसर पाए भने युवाहरुलाई गाउमै स्वरोजगार बन्ने हौसला सहित कार्यक्रम ल्याउने मन छ। विदेश पलायन हुनबाट उनिहरुलाई रोक्नुछ।

    "यस अघि निर्वाचित जनप्रतिनिधिहरूले मतदाताहरूको अपेक्षा अनुरूप आफ्नो पदमा रही के कति योगदान गर्न सके वा सकेनन् ,स्वयम मतदाताहरूले नै मूल्याङ्कन गर्ने विषय हो ।" उनले भने। 

    रुरुक्षेत्रमा गएको ५ बर्षमा जनताको अपेक्षा अनुरूप निर्वाचित जनप्रतिनिधिले सन्तुष्टि दिने कार्य गर्न नसकेको कुरा छर्लङ्ग भएको कारण यसपालि जनताले नया सोच र नया विचारलाई चुन्ने कुरामा आफू विश्वस्त भएको बताउँदै लामो समयको अनुभवले आफुमा त्यो सोच र विचार रहेको समेत दावी गरेका छन् ।

     निर्वाचन अघि मतदाताहरू सामु गरिएका प्रतिवद्धता र निर्वाचन पछि जनप्रतिनिधिहरूले जनताप्रति देखाएको रूस्ट व्यवहार आफैमा प्रष्ट रहेको बताउँदै केसी भन्छन्," यो सवै प्रणालीको दोष होईन, हो त केवल व्यक्तिगत क्षमता, कार्यकुशलताको अभाव र निजहरूले जनताको सेवा भन्दा आफ्नो पदलाई मात्रै ख्याल गर्नु।"

    यो सबै रुरुक्षेत्रका जनताले बुझिसकेको र यसपालि पार्टी भन्दा माथी उठेर राम्रो ब्यक्तिलाई भोट दिने केसीको जिकिर छ। केसी सङ्गै वडा न.४ को वडा अध्यक्ष पदमा नेकपा एमालेका मोतिप्रसाद श्रेष्ठ र गठबन्धनबाट नेकपा माओवादीका कमल श्रेष्ठ चुनावी मैदानमा भिड्दै छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।