Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

images
  • रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
    images
    images

    नवलपरासी । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका-१४ प्रगतिनगरस्थित पूर्व-पश्चिम राजमार्गमा रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मध्यबिन्दु नगरपालिका-१ निवासी ५१ वर्षीय ओमनारायण गुरौ (थारु) को उपचारका क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    यस्तै मोटरसाइकल चालक भारत घर भएका करिब २६ वर्षीय विशालकुमार श्रीवास्तव गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज, चितवन पठाइएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार ना ५ ख १७५७ नम्बरको ट्रकको टायर पड्किएपछि सडक छेउमा रोकी मर्मत गर्ने क्रममा ग १० प २२८७ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

    घटनापछि ट्रक चालक बर्दघाट नगरपालिका-१० भुताहा निवासी ५२ वर्षीय भीमबहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # मोटरसाइकल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।