देवदह । रोटर्याक्ट क्लब अफ तिलोत्तमा देवदहले रोटा वर्ष २०२६/२७ का लागि नयाँ कार्यसमिति गठन गरेको छ ।
रोटा वर्ष २०२५/२६ का अध्यक्ष डा. विजय अम्गाईंको अध्यक्षतामा सम्पन्न बैठकले नयाँ बोर्ड चयन गरेको हो । बैठकमा पूर्व अध्यक्षहरू माधव आचार्य, सुनिल गिरी, विक्रम भुसाल तथा निवर्तमान अध्यक्ष सन्दीप पौडेलको उपस्थिति रहेको जनाइएको छ ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कमल थापा चयन भएका छन् । उपाध्यक्षमा ललिता घिमिरे, किशन थापा दरलामी र दीपक बी.के., सचिवमा रमित चापागाईं तथा कोषाध्यक्षमा रबिन न्यौपाने चयन भएका छन् । त्यसैगरी सर्जेन्ट एट आर्म्समा अमिशा सुबेदी चयन भएकी छन् ।
बोर्ड सदस्यहरूमा सुष्मा दरलामी, सुदीप अधिकारी, उज्वल पाण्डे, आशिष न्यौपाने, अनुश्का ठाकुरी, सुशील अर्याल, अमृत काफ्ले, अस्मिता पाण्डे, रोशन बोहोरा, सन्देश रेग्मी, निशान पाठक, निता खरेल, अस्मित भण्डारी, मनिष ज्ञवाली तथा तनिशा भट्टराई चयन भएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology