Logo

२०८३, कार्तिक २८गते


images
images

गौतम बुद्ध विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ

गौतम बुद्ध विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ

images
  • गौतम बुद्ध विमानस्थलबाट ७ लाख ९५ हजार भारुसहित भारतीय नागरिक पक्राउ
    images

    बुटवल । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँतर्फ प्रस्थान गर्ने क्रममा एक भारतीय नागरिकको साथबाट ठूलो मात्रामा भारतीय रुपैयाँ फेला परेको छ ।

    images
    images
    images

    विमानस्थल सुरक्षा जाँचका क्रममा ५९ वर्षीय भीमा श्रीनिवासको साथबाट ७ लाख ९५ हजार भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको हो । उनी भारतको आन्ध्र प्रदेश राज्यको प्रकाशम जिल्लाका स्थायी बासिन्दा रहेको जनाइएको छ ।

    images
    images
    images

    दिउँसो करिब ३ बजेर १० मिनेटमा काठमाडौँ जान लागेको उडान नम्बर ८६० मा सवार हुने क्रममा उनको साथमा रहेको खैरो रङको हाते झोला जाँच गर्दा उक्त रकम भेटिएको हो ।

    images
    images

    विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरे मेसिनबाट परीक्षण गर्दा ५०० दरका १ हजार ५९० थान नोट फेला परेको बताइएको छ ।

    बरामद रकमबारे आवश्यक अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भारूसहित पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।