Logo

२०८३, आश्विन १०गते


images
images

नेपालसँग अबको सहकार्य एआई र सूचना प्रविधिमा हुन्छ: जयशंकर

नेपालसँग अबको सहकार्य एआई र सूचना प्रविधिमा हुन्छ: जयशंकर

images
  • नेपालसँग अबको सहकार्य एआई र सूचना प्रविधिमा हुन्छ: जयशंकर
    images
    images

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकले नेपाल र भारतबीच एआई र सूचना प्रविधिको क्षेत्रमा सहकार्य विस्तार हुने बताएका छन् ।

    images
    images
    images

    भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालसँग द्विपक्षीय भेटवार्ताका क्रममा जयशंकरले नेपाल र भारतको सम्बन्धको आयाम जनस्तर, वाणिज्य, व्यापारबाट अझै माथि उठ्ने बताउदै अबको सहकार्य  एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार हुने बताएका हुन् ।

    images
    images
    images

    उनले भने- 'नेपाल र भारतको सम्बन्ध जनस्तर, संस्कृति र व्यापारमा मात्रै होइन अब अझै अघि बढ्नेछ । अब हामी एआई र सूचना प्रविधि तथा स्टार्टअपका क्षेत्रमा सम्बन्ध विस्तार गर्नेछौँ । रवि लामिछानेको हालसालैको भ्रमणबाट द्विपक्षीय राजनीतिक सम्बन्ध थप सुदृढ हुने विश्वास छ ।'

    images
    images
    images

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतको आपसी हितमा सदैव सहकार्य गर्न तत्पर रहेको सो अवसरमा जयशंकरले बताए । 

    शुक्रबार दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले शुक्रबारनै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए भने शनिबार बिहान भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेबीच भेटवार्ता गरेका थिए । मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एस जयशंकर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।