Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप

अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप

images
  • अमेरिकाले युद्धविराम तोडेको इरानको आरोप
    images
    images

    काठमाडौँ । इरानको विदेश मन्त्रालयले अमेरिकामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । मन्त्रालयले तनाव कम गर्ने प्रयास गर्नुको सट्टा अमेरिकाले आफ्नो सैन्य कारबाहीमार्फत सम्पूर्ण क्षेत्रको सुरक्षालाई जोखिममा पारेको जनाएको छ ।

    images
    images
    images

    विदेश मन्त्रालयले अमेरिकाले सिरिक क्षेत्र र केश्म द्वीपस्थित इरानका तटीय राडार तथा निगरानी केन्द्रहरूमा आक्रमण गरेको दाबी गरेको छ । इरानले उक्त कारबाहीलाई युद्धविरामको स्पष्ट उल्लंघन भनेको छ ।

    images
    images
    images

    इरानले यी आक्रमणपछि उत्पन्न हुने कुनै पनि परिस्थिति र त्यसका परिणामको पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने चेतावनी समेत दिएको छ ।

    images
    images
    images

    यता अमेरिकाले भने होर्मुज जलडमरूमध्य क्षेत्रमा आफ्ना सेनाले इरानका दुई आक्रमणकारी ड्रोन खसालेको दाबी गरेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार ती ड्रोन अन्तर्राष्ट्रिय समुद्री यातायातका लागि खतरा बन्दै गएका थिए ।

    केन्द्रीय कमान्डले जारी गरेको वक्तव्यमा अमेरिकी सेनाले दुई वटा ‘एकतर्फी आक्रमणका लागि प्रयोग गरिने ड्रोन’ लाई अवरोध गरी नष्ट गरेको जनाएको छ । अमेरिकी सेनाका अनुसार ती ड्रोन होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने अन्तर्राष्ट्रिय जहाजहरूको सुरक्षाका लागि जोखिमपूर्ण थिए ।

    यद्यपि अमेरिकी सेनाले ती ड्रोन कहाँबाट उडाइएको थियो र कुन हतियार प्रणाली प्रयोग गरेर खसालिएको थियो भन्नेबारे जानकारी दिएको छैन।

    केन्द्रीय कमान्डले क्षेत्रभर तैनाथ अमेरिकी सेना इरानबाट हुन सक्ने कुनै पनि आक्रामक गतिविधिको जवाफ दिन पूर्ण रूपमा तयार रहेको जनाएको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरिका
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।