Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

ककटेल- २ का लागि शाहिद कृति र रश्मिकाले कति लिए पारिश्रमिक ?

ककटेल- २ का लागि शाहिद कृति र रश्मिकाले कति लिए पारिश्रमिक ?

images
  • ककटेल- २ का लागि शाहिद कृति र रश्मिकाले कति लिए पारिश्रमिक ?
    images
    images

    काठमाडौँ । बलिवुड अभिनेता शाहिद कपूर, कृति सेनन र रश्मिका मन्दाना मुख्य भूमिकामा रहेको चलचित्र ककटेल- २ जुन १९ मा रिलिज हुदैछ ।

    images
    images
    images

    २०१२ मा रिलिज भएको सुपरहिट फिल्म ककटेलको सिक्वेल ककटेल- २ मा शाहिद कपुर, कृति सेनन र रश्मिका मन्दानाको प्रमुख भूमिका रहेको छ ।

    images
    images
    images

    ककटेलमा भने सैफ अली खान, दीपिका पादुकोने र डियाना पेन्टीको प्रमुख भूमिका थियो ।

    images
    images
    images

    मिडिया रिपोर्ट अनुसार शाहिद कपूरले ककटेल- २ का लागि रश्मिका मन्दानाभन्दा करिब तीन गुणा र कृति सेननभन्दा करिब दुई गुणा बढी शुल्क लिएको दाबी गरिएको छ । ‘बक्स अफिस हङ्गामा’का अनुसार चलचित्रका मुख्य कलाकारहरूको शुल्कमा मात्रै करिब ३५ करोड रुपैयाँ खर्च भएको छ । शाहिद कपूरले यसका लागि करिब २१ करोड रुपैयाँ लिएको बताइएको छ । त्यसैगरी कृति सेननले करिब ८ करोड रुपैयाँ र रश्मिका मन्दानाले करिब ६ करोड रुपैयाँ पारिश्रमिक पाएको उल्लेख गरिएको छ ।

    मिडिया रिपोर्टमा चलचित्रको कुल बजेट करिब १५० करोड रुपैयाँ रहेको बताइएको छ । जसमा ३५ करोड प्रमुख कलाकारको पारिश्रमिकमा, करिब २० करोड प्रचार–प्रसार तथा प्रिन्ट खर्चमा र बाँकी रकम निर्माण तथा सहायक कलाकारहरूको खर्चमा लगानी गरिएको जनाइएको छ ।

    ‘ककटेल २’ लाई होमी अदजानियाले निर्देशन गरेका हुन् । उनले सन् २०१२ मा बनेको ‘ककटेल’ चलचित्र पनि निर्देशन गरेका थिए ।

    यो चलचित्र म्याडक फिल्म्सको ब्यानरमा दिनेश भिजनले निर्माण गरेका हुन् । नयाँ कथासहित फरक शैलीको प्रस्तुति हुने अपेक्षा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।