Logo

२०८३, श्रावण ३०गते


images
images

सर्बदलीय बैठक

रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक जारी

रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक जारी

images
  • रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक जारी
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठक शुरु भएको छ ।

    images
    images
    images

    सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै संसदमा प्रतिननिधित्व गर्ने दलहरुलाई बैठकमा बोलाएका हुन् । बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा केहीबेर अघि शुरु भएको छ ।

    images
    images
    images

    बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सभापतिसहित दुई जनालाई बोलाइएको भएपनि दलका सभापतिहरु भने उपस्थित भएका छैनन् ।

    images
    images
    images

    कांग्रेस, एमाले र नेकपाले प्रतिनिधि पठाएका छन् भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएका छन् । त्यस्तै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको छ ।

    कांग्रेसबाट संसदीय दलका नेता भिष्मराज आङदेम्बे सहभागी छन् भने एमालेबाट प्रमुख सचेतक ऐन महर र नेकपाबाट सहसंयोजक माधव नेपाल र बर्षामान पुन सहभागी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।