Logo

२०८३, श्रावण ३१गते


images
images

अपराध

कैलाली र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

कैलाली र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ

images
  • कैलाली र धादिङमा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ
    images
    images

    काठमाडौँ । कैलाली र धादिङका छुट्टाछुट्टै घटनामा जबरजस्ती करणी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

    images
    images
    images

    कैलालीको धनगढी उपमहानगरपालिका-१६ मा १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय प्रदीप चन्दसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीमाथि जबरजस्ती करणी भएको भन्ने उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट बेहडाबाबाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    यस्तै, धादिङको धुनिवेशी नगरपालिका-४ रुपाखेती गाउँका ३३ वर्षीय रामशरण रुपाखेतीलाई ३६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित महिलाको उजुरीपछि इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    त्यसैगरी, धादिङकै खनियावास गाउँपालिका-१ नेक्साका २८ वर्षीय वर्णबास तामाङलाई १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार राति पक्राउ गरिएको छ । किशोरीको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको प्रहरी टोलीले उनलाई खनियावास गाउँपालिका-४ बाट नियन्त्रणमा लिएको जनाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।