Logo

२०८३, कार्तिक २८गते


images
images

बुद्ध सामुदायिक वनमा कटान क्षेत्र अनुगमन तथा प्लट क्लियरेन्स चेकजाँच

बुद्ध सामुदायिक वनमा कटान क्षेत्र अनुगमन तथा प्लट क्लियरेन्स चेकजाँच

images
  • बुद्ध सामुदायिक  वनमा कटान क्षेत्र अनुगमन तथा प्लट क्लियरेन्स चेकजाँच
    images

    देवदह । बुद्ध सामुदायिक वन उपभोक्ता समुह देवदह ५ र ६ ले सोमबार कटान क्षेत्रको अनुगमन तथा प्लट क्लियरेन्स चेकजाँच गरेको छ । आर्थिक बर्ष २०८२÷०८३ मा पुनरोत्पादन तथा ढलापडा÷सुखड खडा रुख कटान गरिएको क्षेत्रसहित घाटगद्धी परिसरको चेकजाँच गरिएको हो । 

    images
    images
    images

    देवदह सव डिभिजन वन कार्यालय सीतलनगरका प्रमुख पुष्पराज श्रेष्ठ लगायतको कर्मचारी टोली, वडा नं  ६ का अध्यक्ष खेमबहादुर थापा,  टोल विकास संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको रोहवरमा चेकजाँच गरिएको समुहका अध्यक्ष टेकबहादुर रानाले जानकारी दिए । 

    images
    images
    images

    समुहले चालु आर्थिक वर्षमा पुनरोत्पादन कटानतर्फ ६१९३।१२ क्यूफिट र ढलापडातर्फ ३०२६।६५ क्यूफिट काठ कटान गरि घाटगद्धीमा संकलन गरिएको अध्यक्ष रानाले बताए । रानाका अनुसार पुनरोत्पादनतर्फ २० चट्टा र ढलापडातर्फ ७ चट्टा दाउरा कटान गरि घाटगद्धी गरिएको छ । 

    images
    images

    डिभिजन वन कार्यालय रुपन्देहीको च.नं ११८५ को पत्र अनुसार २०८२ पौष २४ गते आर्थिक बर्ष २०८२÷०८३ मा पुनरोत्पादन कटानतर्फ १०७ वटा रुखबाट ७४४५।३८ क्यूफिट काठ संकलन गर्ने अनुमति दिइएको थियो । सो अनुसार १६।८१ क्यूफिट काठ तथा ६।१४ प्रतिशत दाउरा कम कटान तथा संकलन भएको पाइएको छ । ढलापडातर्फ भने १०।१६ प्रतिशत काठ बढि आएको र दाउराको हकमा ३७।६६ प्रतिशत कम उत्पादन भएको समुहले तयार गरेको प्लट क्लियरेन्स चेकजाँच फारममा उल्लेख गरिएको छ ।

    कटान गर्ने क्रममा खडा रुखको मुल्याङ्कन सुरुमा धेरै हुने गरेको र पछि कटान गर्ने क्रममा धोद्रो र हैसियत विग्रिएको पाइने गरेका कारण त्यसको परिणाम कम आउने गरेको कटान मुछान उप-समितिका संयोजक थमन सिंह गुरुङ्गले जानकारी दिए । त्यसैगरी ढलापडा रुखको हकमा नापजाँच प्राय मिल्दोजुल्दो हुनेभएका कारण परिणाम बढ्न जाने गुरुङ्गले बताए ।

    समुहले चालु आर्थिक बर्षमा पुनरोत्पादन कटानतर्फ आवधिक खण्ड नं १ को उपखण्ड ८ मा १०६ वटा रुख कटान गरेको र एउटा रुख कटान नभएको समुहले जनाएको छ । त्यसैगरी ढलापडातर्फ सम्पूर्ण वन क्षेत्रबाट ४७ वटा अर्थात कटान सहमति बमोजिमका सबै रुख काटान गरि घाटगद्धीमा संकलन गरिएको सचिव राधिका अर्यालले बताइन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।