Logo

२०८३, आश्विन १०गते


images
images

पाेखरामा सुकुम्बासी परिवारको व्यवस्थापनका लागि प्राविधिक समिति गठन

पाेखरामा सुकुम्बासी परिवारको व्यवस्थापनका लागि प्राविधिक समिति गठन

images
  • पाेखरामा सुकुम्बासी परिवारको व्यवस्थापनका लागि प्राविधिक समिति गठन
    images
    images

    पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा रहेका सुकुम्बासी परिवारहरूको व्यवस्थापनका लागि प्राविधिक समिति गठन गरिएको छ ।

    images
    images
    images

    बसपार्क निर्माणको सन्दर्भमा प्रभावित परिवारहरूको बसोबास व्यवस्थापनका लागि यसअघि गठित जग्गा व्यवस्थापन (खोजी) समितिले सिफारिस गरेका उपयुक्त जग्गामा आवश्यक प्राविधिक अध्ययन तथा प्लट मिलानको कार्य अघि बढाउन समिति गठन गरिएको महानगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    गठित समितिलाई सिफारिस गरिएका जग्गाहरूको नापजाँच गरी तोकिएको क्षेत्रफलअनुसार कित्ता छुट्याउने, खुला क्षेत्र, विद्यालय तथा अन्य आवश्यक पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा सुनिश्चित गर्ने, व्यवस्थापन गर्न सकिने कुल क्षेत्रफल निर्धारण गर्ने तथा कति परिवारलाई व्यवस्थित रूपमा बसोबास गराउन सकिन्छ भन्ने विषयमा स्थलगत अध्ययन र विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    समितिले अध्ययनपछि राय, सुझाव र निष्कर्षसहितको प्रतिवेदन सात दिनभित्र पेश गर्नुपर्नेछ ।

    समितिको संयोजकमा वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल रहेका छन्। सदस्यहरूमा सिद्धार्थ पाण्डे, सन्दीप सुवेदी र सन्देश सापकोटा छन्। प्रशासनिक अधिकृत टिकाराम बजगाईं सदस्य सचिव तोकिएका छन्।

    महानगरपालिकाले समितिको प्रतिवेदन प्राप्त भएपछि तथ्य, अध्ययन र कानुनी प्रक्रियाका आधारमा आवश्यक निर्णय प्रक्रिया अगाडि बढाइने जनाएको छ। साथै, यस कार्यलाई सफल बनाउन सबै सरोकारवाला पक्षबाट आवश्यक सहयोगको अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।