काठमाडौं । नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले पदभार ग्रहण गर्दै आफु तीन बर्ष मन्त्रीको रुपमा काम गर्ने बताएका छन् । मन्त्रीको शपथ लिएलगत्तै उनी मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन्।
नवनियुक्त मन्त्री पुनले आफू धेरै समय पदमा नबस्ने बताउदै तीन बर्ष रातदिन काम गरेर बढीमा तीन वर्षमात्र मन्त्री पदमा बस्ने बताए ।
उनले भने- 'विज्ञान, प्रविधिको कुरामा ढिला हिंडेर ठाउँमा पुगिँदैन। द्रूत गतिमा, रात दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ। बढीमा तीन वर्ष मन्त्री भएर खाने हो ।'
उनले अब मन्त्री भएपछि किताब बेच्न नमिल्ने बताउदै वीरगन्ज कृषि औजार कारखाना चलाउन पनि कुनै उपाय निकालेर किताब बेच्ने बताए । उनले आफुले सम्हालेको मन्त्रालयबाट बजेट छुट्टाउन नमिल्ने बताउदै कारखाना किताब बेचेरै चलाउने स्पष्ट गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology