Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

काठमाडौँको बसुन्धारा स्थित गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति

काठमाडौँको बसुन्धारा स्थित गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति

images
  • काठमाडौँको बसुन्धारा स्थित गार्मेन्टमा आगलागी, ८ करोड बराबरको क्षति
    images

    काठमाडौं । काठमाडौँको टोखा नगरपालिका-०५ बसुन्धारास्थित सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज (गार्मेन्ट) मा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

    images
    images
    images

    बुधबार बिहान करिब २:५२ बजे सुरु भएको आगो ११ वटा दमकल, एक पानी ट्याङ्कर, नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य निकायको सहयोगमा करिब ५:४५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो ।

    images
    images
    images

    आगलागीबाट गार्मेन्ट पूर्ण रूपमा जलेर नष्ट भएको छ । साथै अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा पनि क्षति पुगेको छ । त्यसैगरी लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

    images
    images

    घटनामा कुनै मानवीय क्षति नभएको र आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गार्मेन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।